• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    कसरी हुन्छ कोठामा सामूहिक निधन ?

  • वीरगंज संजाल
  • ८ माघ २०७६, बुधबार ०६:४७
  • ५२५३

    काठमाडौं : जब ठन्डी बढ्छ तब कोठाभित्र ज्यान गुमाएका व्यक्तिको पोस्टमार्टम गर्नुपर्ने चिकित्सकीय जिम्मेवारी उत्तिकै बढ्छ। यस्तै बेहोर्दै आएको फरेन्सिक विभागमा मंगलबार एउटै कोठामा बितेका आठ जनाका शव एकैसाथ पुर्‍याइए।

    विभागका वरिष्ठ कानुनी चिकित्सक हरिहर वस्तीले आठ भारतीयको शव बाहिरबाट हेरे। पोस्टमार्टम गर्नुपर्ने जिम्मेवारी अर्को दिनलाई सारे। डा. वस्तीले सबै शव रेफ्रिजेरेटरमा राखे। त्यहाँबाट निस्किँदै गर्दा उनले अन्नपूर्णसित भने, ‘शवको अवस्था, घटनाको यथार्थता, वातावरणीय पक्षलगायत विविध कोणबाट हेर्नुपर्ने हुन्छ। हरेक घटनाको अवस्था फरक÷फरक हुन सक्छ।’

    मकवानपुरको दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टका कोठामा सुतेका आठै जना अर्धचेत अवस्थामा फेला परेका थिए। उनीहरूका शवमा चोटपटक देखिएको छैन। उनका अनुसार कमै हुने घटना हो यो।

    गत मंसिर अन्तिम साता कीर्तिपुर–८ सुन्दर बस्तीका नवराज रञ्जितकारले पत्नी र शिशु गुमाएका थिए। सुत्केरी पत्नी र दुईमहिने शिशुलाई तातो गराउन राति मकलमा कोइला बालेर सुतेका थिए। बिहान उठ्दा पत्नी र शिशुको ज्यान गइसकेको थियो।

    जाडो समयमा परिवारको एउटै कोठामा ज्यान जाने घटना हरेक वर्ष दोहोरिने गरेको छ। पोस्टमार्टम गर्ने फरेन्सिक विज्ञ कोठाभित्र हुने सामूहिक निधनमा मुख्यतः दुई कारण रहने बताउँछन्– १. फुड प्वाइजनिङ हुनु २. निसास्सिनु।

    ‘झ्याल, ढोका बन्द गरी कोठाभित्र हिटर वा मकल बालेर बस्छन्। तातो वातावरणमा निदाउँछन्। सधैंका लागि निदाउन पुग्छन्’, उनले भने। उनका अनुसार हिटरले अक्सिजन सोस्छ। अक्सिजन अभावमा कार्बन मोनोअक्साइडलगायत विषालु ग्यासले कोठा भरिँदा निसास्सिएर ज्यान जान्छ। ‘दुर्घटनाका अन्य कारण छैनन् भने फुड प्वाइजनिङ वा अक्सिजन अभावले कोठाभित्र मास क्याजल्टीको घटना हुने गरेको छ’, उनले भने।

    त्रिवि शिक्षण अस्पतालको सामुदायिक स्वास्थ्य विभागका डा. खेम कार्कीका अनुसार कोठाभित्र हिटर वा मकलमा दाउरा बालेर सुत्दा विषालु ग्यासले कोठा भरिन पुग्छ। ‘झ्याल, ढोका बन्द गरेको अवस्थामा कोठाभित्र आगो र हिटरका कारण विषाक्त ग्यास निस्किन्छ। त्यसले शरीरलाई शिथिल बनाउँछ। सुतेको व्यक्ति बेहोस हुन्छ। हलचल गर्न नपाउँदै ज्यान जान सक्छ’, उनले भने, ‘सतर्कतासमेत अपनाउन पाउँदैन। सुतेको सुत्यै ज्यान जान सक्छ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न
  • वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश
  • चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना
  • नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    आईपीएलको उपाधि बेंगलुरुलाई

    मुद्दा मिलाइदिन्छु भनी एक लाख ७० हजार ठगी गर्ने पक्राउ

    कस्तो रहला आजको मौसम?

    मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलका बिजेताहरु थाईल्याण्ड जाँदै

    जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ:प्रधानमन्त्री ओली

    आज बुधबारको राशिफल

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    आईपीएलको उपाधि बेंगलुरुलाई

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    News

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    News

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    News

    नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    News

    आईपीएलको उपाधि बेंगलुरुलाई

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑