नेपाल–भारत सीमावर्ती सहर वीरगञ्जस्थित रक्सौलमा रेल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
रक्सौल–सीतामढी रेल खण्डको नकर्देही सिरीसिया माल रेल्वे ढलान नजिकै भएको घटनामा रक्सौल वडा नम्बर ४ का दुई जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
मृतकका नाम अझै खुलाउन सकेको छैन। घटनाको थप विवरण र कारण बारे अनुसन्धान भइरहेको छ। स्थानीय प्रशासन र प्रहरी घटनास्थलमा पुगेका छन् र थप जानकारी आउन बाँकी छ।