• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / कला मनोरंजन

    सांगितिक यात्रा पश्चात नेपाल फर्किए अशेष डंगोल

  • वीरगंज संजाल
  • २ मंसिर २०८१, आईतवार १८:२७
  • ९०५

    काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकार अशेष डंगोल दुई महिनाको सांगितिक यात्रापछि अमेरिकाबाट नेपाल फर्किएका छन्। “हिमालयन हेन्ड्रीक्स” को उपनामले चिनिने डंगोलले अमेरिकाका विभिन्न स्थानमा दमदार सांगीतिक प्रस्तुति दिएका थिए।

    डंगोलले आर्लिङ्टन (भर्जिनिया), ह्युस्टन (टेक्सास), हन्ट्सभिल (अलाबामा), टुपेलो (मिसिसिपी), पिट्सवर्ग (क्यालिफोर्निया), एल सेरीटो (क्यालिफोर्निया), र लङ बीच (क्यालिफोर्निया) मा सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए। उनले “हाउस अफ ब्लूज” को फाउन्डेसन रुममा दोस्रो पटक आफ्नो प्रस्तुति दिएका थिए, जहाँ उनलाई चर्चित संगीत निर्देशक रेन्दा ज्याक्सन (बेस गिटार) र साजन महर्जन (ड्रम्स) ले साथ दिएका थिए।

    विशेष च्यारिटी कन्सर्ट
    पिट्सवर्ग, क्यालिफोर्नियामा बन्दै गरेको श्री लक्ष्मी वैकुण्ठनाथ नेपाली मन्दिरको सहयोगार्थ डंगोलले “हिलीङ सेसन” नामक च्यारिटी कन्सर्टको आयोजना गरे। कन्सर्टमा दर्शकहरूले डंगोलको अध्यात्मिक संगीत सुन्दै ध्यानसमेत गरेका थिए।

    नेपाली समुदायको उत्साह
    सगरमाथा इन्टरटेनमेन्टद्वारा आयोजित कार्यक्रमलाई नेपाली समुदायले अत्यधिक समर्थन गरेका थिए। विशेषतः एल सेरीटोस्थित “लामा वार” मा आयोजना गरिएको कार्यक्रममा उल्लेखनीय सहभागिता देखिएको थियो।

    प्रबन्धकीय भूमिका र सहयोग
    यस सांगितिक यात्रामा क्यालिफोर्नियावासी पिउस दाहाल भ्रमण प्रबन्धक थिए भने अमर क्षेत्री फाउन्डेसनले मुख्य प्रायोजन गरेको थियो। नेपक्याली रेकर्ड्स, अर्पण कार्की, अभिषेक डंगोल, मनोज लामिछाने र तिका राईलगायतले सह-प्रबन्धन र आवास व्यवस्थापनमा योगदान पुर्‍याएका थिए।

    अशेष डंगोलको सांगितिक यात्रा
    छ वटा गीति एल्बम सार्वजनिक गरिसकेका डंगोलले १३ भन्दा बढी देशमा सांगीतिक यात्रा गरी विश्वभर नेपाली संगीतको पहिचान दिलाएका छन्। अमेरिकामा सांगितिक यात्रा सम्पन्न गरेपछि उनी नेपाल फर्किएका छन्।

    डंगोलको यस सांगितिक यात्राले नेपाली संगीतको अन्तर्राष्ट्रिय स्तरमा प्रचारमा थप योगदान पुर्‍याएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • केजीएफ फेम यशको ‘टक्सिक’ कन्नड र हिन्दीसहित अंग्रेजी भाषामा पनि
  • ‘पुष्पा २’को सफलतापछि नाम फेर्दै अल्लु अर्जुन?
  • सुन तस्करीको आरोपमा अभिनेत्री पक्राउ, करिब १५ किलो सुन बरामद
  • महाकुम्भमा नुहाएको भिडियोलाई लिएर कट्रिनाको गोपनियतामाथि आक्रमण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    News

    आज शुक्रबारको राशिफल

    News

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑