• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लोक गायिका शारदा सिन्हाको निधन

  • वीरगंज संजाल
  • २० कार्तिक २०८१, मंगलवार २३:४०
  • १२८५

    वीरगञ्ज । भारतको प्रसिद्ध लोक गायिका र पद्म पुरस्कारबाट सम्मानित शारदा सिन्हाको निधन भएको छ ।

    मङ्गलवार साँझ दिल्ली एम्स अस्पतालमा उनले अन्तिम सास फेरिन् । सोमबार साँझ अचानक स्वास्थ्यमा गम्भीर समस्या आएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । मङ्गलवार साँझ उनले आफ्नो जीवनको अन्तिम सास लिएसँगै उनको निधनको खबरले उनका प्रशंसकहरूलाई स्तब्ध बनाएको छ ।

    छठ पर्वको चहलपहलमा शारदा सिन्हाका गाएका छठ गीत चारैतिर सुनिन्थे । यस्तो बेला उनको निधनको खबरले भारतको बिहार, उत्तर प्रदेश, झारखण्ड, दिल्ली लगायतका स्थान र नेपालको तराई-मधेस क्षेत्रका उनका प्रशंसकमा गहिरो शोकको लहर फैलिएको छ ।

    दिल्ली एम्समा लिइन् अन्तिम सास

    ७२ वर्षीय शारदा सिन्हाको स्वास्थ्यमा केही समयदेखि समस्या देखिएको थियो । उनलाई गत महिना स्वास्थ्य बिग्रिएपछि दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो । सुरुमा आइसियुमा उपचार गराइरहेकी सिन्हाको स्वास्थ्यमा सुधार देखिएपछि प्राइभेट वार्डमा सारिएको थियो । तर, सोमबार साँझ अचानक स्वास्थ्य स्थिति गम्भीर बनेपछि उनलाई भेन्टिलेटरमा राख्नु परेको थियो । उनका छोरा अंशुमनले सामाजिक सञ्जालमार्फत आमाको स्वास्थ्य सम्बन्धी जानकारी दिँदै आएका थिए । सङ्क्रमणका कारण स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनले भेन्टिलेटरमा राख्न परेको जानकारी दिएका थिए ।

    प्रशंसकहरूमा शोकको लहर

    उनका प्रशंसकहरूले शारदा सिन्हा पुनः स्वस्थ भएर फर्किने आशा राखेका थिए । उनी मृत्युको सङ्घर्षलाई जित्नेछिन् भन्ने विश्वास थियो । तर, अन्ततः उनले जीवनलाई अलबिदा गरिन् । सामाजिक सञ्जालमा उनका प्रशंसकहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । विशेष गरी छठ पर्वको समय उनको निधनले धेरैलाई भाव विह्वल बनाएको छ । यद्यपि, शारदा सिन्हा आफ्नो कालजयी गीतहरूको माध्यमबाट सदैव प्रशंसकहरूको मनमा जीवित रहनेछिन् ।

    भर्खरै पति गुमाएकी थिइन्

    शारदा सिन्हाले केही समय अघि मात्र आफ्ना पति गुमाएकी थिइन् । उनको पतिको निधन ब्रेन ह्यामरेजका कारण भएको थियो । यसै वर्ष उनले आफ्ना पतिसँग विवाहको ५४ औँ वर्षगाँठ मनाएकी थिइन् । छठ गीतहरूको माध्यमबाट लोक सङ्गीतमा महत्त्वपूर्ण योगदान पुर्‍याएकी शारदा सिन्हालाई भारत सरकारले पद्मश्री र पद्मविभूषण जस्ता उच्च सम्मानले सम्मानित गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑