वीरगंज | वीरगञ्जमा छठ पर्वको अवसरमा घडीअर्वा स्पोर्टस क्लबको आयोजनामा रक्तदान कार्यक्रम
वीरगञ्ज । छठ पर्वको पावन अवसरमा वीरगञ्जमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। घडीअर्वा स्पोर्टस क्लबको आयोजनामा तथा छठ पूजा व्यवस्थापन समितिको सहयोगमा यो कार्यक्रम गरिएको हो।
रक्तदान कार्यक्रमको औपचारिक उद्घाटन वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले गरे। यस अवसरमा नगर प्रमुख सिंहले रक्तदान मानवताको सर्वोच्च सेवा भएको र यस प्रकारका कार्यक्रमले समाजमा सहयोग र सहकार्यको भावना अभिवृद्धि हुने बताए।
छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष दिलीप साह कानुले कार्यक्रमबारे जानकारी दिँदै, रक्तदानले विशेषगरी छठ पर्वको समयमा वीरगञ्ज र आसपासका क्षेत्रका बिरामीहरूलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे। यो रक्तदान कार्यक्रमले स्थानीय युवाहरू र छठ पर्व मनाउने समुदायलाई सेवाभावमा प्रेरित गर्दै समाजसेवाको महत्त्व झल्काएको छ।