• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साकाे ठोरीका किसानद्वारा तोरी छर्ने र सुर्ती रोप्ने कार्य सुरु

  • वीरगंज संजाल
  • १९ कार्तिक २०८१, सोमबार १०:२५
  • ७०१

    वीरगंज | पर्सा जिल्लाको ठोरी गाउँपालिकाका किसानहरूले भदइ, मंसुली र चैते धान भित्र्याएपछि खाली खेतमा तोरी छर्ने र सुर्ती रोप्ने कार्य सुरु गरेका छन्। ठोरी गाउँपालिका वडा नं.–५ सुवर्णपुरका किसान हरिबहादुर चौंलागाईंका अनुसार, धानबाली भित्र्याइएपछि अहिले तोरी र सुर्तीका लागि खेत तयारी भइसकेको छ। किसानहरूले कार्तिक महिनाको पहिलो सातामै रोपाइँको तयारी गरेका भए पनि कात्तिक ५ गते परेको वर्षाका कारण रोपाइँमा ढिलाइ भएको बताइएको छ।

    कतिपय किसानहरूले वर्षाका कारण केही सुर्तीबाली नष्ट भए पनि अहिले जमिनमा चिसोपन पर्याप्त भएकाले तोरी छर्न थालेका छन्। कृषि ज्ञान केन्द्र पर्साका अनुसार, जिल्लामा सबैभन्दा बढी तोरी उत्पादन ठोरी गाउँपालिकामा हुने गरेको छ। तोरी तीन महिनामा भित्र्याइने तेलहन बाली हो, जसले किसानलाई आर्थिक रुपमा लाभ पुर्‍याउँछ।

    त्यस्तै, नगदेबाली अन्तर्गत पर्ने सुर्तीको रोपाइँ पनि अहिले धमाधम भइरहेको छ। जिराभवानी गापा वडा नं.–४ सुपौलीका किसान रामराज दासका अनुसार, गत वर्षको तुलनामा यस वर्ष सुर्ती खेतीको क्षेत्रफल बढाइएको छ। गत वर्ष ५२ वटा बिउ उत्पादनका ब्याडहरू थिए भने यस वर्ष ७४ वटा ब्याडमा बिउ उत्पादन भइरहेको छ।

    किसानहरूले उत्पादन गरेको सुर्ती खरिद गर्ने कम्पनी सूर्य नेपालले बार्ली जातको सुर्ती लगाउन सिफारिस गरेको छ। ठोरी, जिराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी लगायतका गाउँपालिकाका किसानहरू सुर्ती रोपाइँमा व्यस्त छन्। बार्ली र एचडी जातका सुर्ती खेती गरिने यस क्षेत्रमा बार्ली सुर्तीको मूल्य महँगो भए पनि उत्पादन कम हुन्छ भने एचडी जातको मूल्य थोरै भए पनि उत्पादन बढी हुने किसानहरूले बताएका छन्।

    पर्सामा करिब एक हजार हेक्टर जमिनमा सुर्ती खेती गरिन्छ, र नेपालमा सबैभन्दा बढी सुर्ती उत्पादन यही क्षेत्रमा हुने गर्दछ। किसानहरूले यसबाट १५ हजारदेखि २५ हजार रुपैंयासम्मको आम्दानी गर्ने गर्छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑