बारा | प्रहरीले गढीमाई मेलाबाट फर्किएका सवारीसाधनलाई चेक जाँच गर्ने क्रममा चोरीको मोबाइल तथा गरगहना सहित २२ जनालाई पक्राउ गरेको छ। पक्राउ परका मध्ये १८ जनालाई सोधुिछ गरी रिहा गरिएको बाराका प्रहरी नायव उपरिक्षक गौत्तम मिश्रले बताए ।
१८ जना निर्दोष देखिएपछि सामान्य सोधपुछ गरेर आफन्त जिम्मामा छाडिएको छ, बाँकी चार जना विरुद्ध भने चोरी तथा लुटपाट मुद्दामा जिल्ला अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान गरिरहेको छ। उनले भारत विहार राज्य छपरा जिल्ला ग्राम माठिया ९ का जितेन्द्र तिवारी, गिता देवी, आकाश कुमार साह र गोलु तिवारीमाथि चोरी तथा लुटपाट मुद्दामा आवश्यक अनुसन्धान भइरहेको बताए ।
इलाका प्रहरी कार्यालय कवहीगोठ र सशस्त्र प्रहरी बल विओपीको संयुक्त टोलीले बाराको सुवर्ण गाउँपालिका ३ संतगंज स्थित मेनरोडमा सवारी चेक जाँच गर्ने क्रममा बिआर २४ पि १९५८ नम्बरको भारतीय बोलेरो पिकप गाडी नियन्त्रणमा लिइएको थियो ।
चेक जाँच गर्ने क्रममा बोलेरोको हुटमाथि विभिन्न कम्पनीको १३ थान मोबाईल र महिलाहरूले नाक कानमा लगाउने पहेँलो धातुको सुन जस्तो देखिने स–साना फुली तथा रिंड लुकाई राखेको अवस्थामा फेला पारेपछि उनीहरूलाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो। the nepal top