• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाढीपहिरो पीडित राहतका लागि छटपटाउदै, सरकार खसी काटेर भोजमा रमाउदै– प्रभु साह

  • वीरगंज संजाल
  • २१ आश्विन २०८१, सोमबार २०:१६
  • ८३३

    रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले बर्षासंगैको बाढीपहिरोले पीडितलाई सरकारले राहत उपलब्ध नगराएको भन्दै सरकारलाई ‘नालायक’ भएको टिप्पणी गरेका छन् ।

    महापर्व दशैं, दिपावली एवं छठ पर्वको शुभ अवसरमा रौतहटको फतुवाबिजयपुर नगरपालिकाको बैरगनिया , टेंग्राहा गुजरा नगरपालिकाका जंगलसहिया, सिमरा, हरीयरपुरमा आज आजपाद्धारा आयोजित शुभकामना एवं भेटघाट कार्यक्रममा सहभागि आजपा अध्यक्ष साहले बाढीपहिरोबाट पीडितको उद्धारमा सरकारले ढिलाई गरेकाले अमूल्य जनधनको ठुलो क्षति भएको बताए ।

    ‘सरकारले समयमै पीडितको उद्धार गरेको भए सयौं मान्छेको मृत्यु हुदैन्थ्यो । अर्बौको क्षति हुदैन्थ्यो । उद्धारका लागि छटपटाइरहेका पीडितहरु अहिले राहतका लागि पर्खिरहेका छन् । तर पीडितको उद्धारमा असफल र असक्षम रहेको सरकार कता छ, खोज्नुपर्ने अवस्था छ’ आजपा अध्यक्ष साहले भने, ‘किसानले लगाएको बाली घर भित्रयाउने बेलामा बाढीले क्षति भएको छ । सर्वसधारण किसान बिहान बेलुका के खाने, कहाँ बस्ने ठेगान छैन् । तर सरकार अतिरिक्त तलब लिएर खसी काटेर दशैंको भोजमा रमाईरहेको छ । सर्वसधारणको बारेमा सोच्ने, बोल्ने, राहत दिने उनीहरुलाई फुर्सत नै छैन् ।’

    बाढीपहिरोमा परी अमूल्य जनधनको क्षति भएकामा गहिरो दुःख व्यक्त गर्दै उनले राहत वितरणमा ढिलाई नगर्न सरकारलाई सुझाव दिएका छन् । पूर्वसूचना हुँदाहुदै समेत सरकारले विपतको बेलामा गर्नुपर्ने तयारी नगरेको र उद्धार प्रभावकारी रुपमा नगरेकाले बढी क्षति हुन गएको उनले बताए ।

    बाढीपहिरोले बिभिन्न राजमार्ग अवरुद्ध छ । सडकमा यात्रा गर्न सहज नभएको बताउँदै उनले सरकारी संरक्षणमै यातायातको भाडामा मनोमानी रुपमा लुट मचाइएको बताए । बाढीपहिरोले पीडित नेपाली नागरिक महंगीले थप पिडामा परेको बताउँदै आजपा अध्यक्ष साहले महंगी नियन्त्रण गर्न नसकेको सरकार पूर्ण रुपमा असफल र असक्षम रहेको टिप्पणी गरेका छन् ।

    ‘सरकारी संरक्षणमै व्यापारीले लुट मचाएका छन् । यातायातका भाडामा मनोमानी रुपमा यात्रुबाट लुटिदैछ । यहाँ सरकार नै नभएको जस्तो छ । सरकार भएको भए यसलाई नियन्त्रण गथ्र्यो, सहज बनाउथ्यो’ आजपा अध्यक्ष साहले भने, ‘पशुपति शर्माको गित जस्तै भएको छ यहाँ, लुटन सके लुट कान्छा, नेपालमै छ छुट….।’

    सांसद समेत रहेका आजपा अध्यक्ष साहले यस अघि चाडपर्व वापतको दिइने दशैं बोनस रोकेर बाढीपहिरो पीडितलाई दिनुपर्ने सुझाव दिएका थिए । ‘सरकारी मान्छे जनताको करबाट तलब खाने तर जनताको दुखको बेला साथ नदिने । भाग्ने, भगौडाहरु दशैमा जनताकै पैसाबाट खसी काटेर रमाउन खोज्नु कतिको जाय हो ? बाढीपहिरो पीडितहरु दुखमा परेको बेला दशै बोनस नलिई पीडितलाई दिदा के बिग्रिन्थ्यो ?’ उनले प्रश्न गरेका छन् ।

    सरकारले देशैभरीका कर्मचारीलाई चाडपर्व वापत दिने एक महिनाको अतिरिक्त रकम ३० अर्बभन्दा बढी हुने भएकाले त्यो रकमले बाढीपहिरो पीडितको घर निर्माण, खाना लगायतका क्षेत्रमा खर्च गर्दा राम्रो हुने सुझाव उनले दिएका छन् ।

    कार्यक्रममा आजपाका उपाध्यक्ष एवं पुर्वसांसद समीना हुसेन, महासचिव त्रिभुवन साह, उपमहासचिव सियाराम कुशवाहा, मेयर प्रत्याशी बिजय यादव, वडा अध्यक्ष संजय यादव, आजपाका नेताकार्यकर्ता, सर्वसधारण लगायतको विशेष सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑