• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    देश- २ का ८ वटै जिल्लामा ‘छोरी बीमा’ अभियान एकसाथ सुरु

  • वीरगंज संजाल
  • ३ माघ २०७६, शुक्रबार ११:५५
  • ४१४९

    जनकपुर |  प्रदेश २ सरकारले शुरु गरेको छोरीहरुको बीमा गराउने अभियान बिहीबारदेखि प्रदेशका आठवटै जिल्लामा एकैसाथ शुरु भएको छ । सप्तरीदेखि पर्सासम्म एकै दिन बीमा शिविर प्रारम्भ भएको हाे ।

    शिविर राखिएका ठाउँहरुमा आफ्ना छोरीहरूको बीमा गराउन अभिभावकहरुको उत्साहजनक सहभागिता देखिएकाे छ । प्रदेशका आठवटै जिल्लामा एकै साथ शुरु गरिएको बीमा शिविरको प्रदेश सरकारका मन्त्री, राज्यमन्त्री एवं उपसभामुखले उद्घाटन गरेका छन् ।

    छोरीको बीमा गराउने अभियानमा सप्तरीको बोदे बर्साइनस्थित चन्द्र माध्यमिक विद्यालयमा, सिरहाको कल्याणपुर नगरपालिकास्थित रेडक्रस भवनमा, धनुषाको लक्ष्मिनियांँ गाउँपालिकाको कार्यालय, महोत्तरीको महोत्तरीको जलेश्वरस्थित लचमु माध्यमिक विद्यालय, सर्लाहीको इश्वरपुर नगरपालिकाको कार्यालय, रौतहटको गौरस्थित बाल मन्दिर, बाराको कलैयास्थित सिद्धेश्वर मावि र पर्साको बीरगञ्जस्थित त्रियुद्ध माध्यमिक विद्यालयमा एकसाथ शिविरको उद्घाटन गरिएको हाे ।

    प्रदेश सरकारले ‘बेटी बचाऊँ, बेटी पढाऊँ’ अभियान अन्तर्गत २०७५ साल माघ महिनायता जन्मेका छोरीहरुका लागि ‘शिक्षा बीमा’ गर्ने कार्यक्रम अगाडि ल्याएकाे हाे । गत वर्षदेखि नै यो अभियान प्रारम्भ गरे पनि कर्मचारी अभावमा सफल हुन नसक्दा सरकारले शिविरै सञ्चालन गरेर बीमा अभियान सुरू गरेकाे हाे ।

    प्रदेशका सबै १ सय १६ वटा स्थानीय तहमै शिविर सञ्चालन गरेर छोरी बीमा अभियानलाई प्रदेश सरकारले अगाडि बढाएकाे छ । शिविर उद्घाटनका दिन प्रदेशका आठवटै जिल्लाका ८०४ जना बालिकाको बीमा गरिएको मुख्यमन्त्रीकाे कार्यालयले जनाएको छ । सबैभन्दा बढी सर्लाहीमा बालिकाको बीमा गरिएको हा, यहाँ २ सय ४६ जना बालिकाको बिमा भएको जनाइएकाे छ ।

    पहिलो दिन बाराका १४० जना बालिकाको बीमा भएको छ भने सप्तरीमा १०७ जना, महोत्तरीमा ७५ जना, पर्सामा ६७ जना, रौतहटमा ६५ जना, सिरहामा ५५ जना र धनुषामा ५० जना बालिकाको बीमा गरिएको उक्त कार्यालयले जनाएको छ । Nepalpostdaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑