• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:बिहीबार ०९ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पत्रकार भण्डारीलाई ‘घण्टीमाई सहकारी पत्रकारिता सम्मान’

  • वीरगंज संजाल
  • ६ आश्विन २०८१, आईतवार १०:४६
  • ८५३

    वीरगंज । पत्रकार दिवाकर भण्डारीलाई ‘घण्टीमाई सहकारी पत्रकारिता सम्मान २०८१’ बाट सम्मान गरिएको छ। जीतपुरसिमरा उपमहानगरपालिका–४, औराहस्थित घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाले शनिबार १२औं वार्षिक साधारणसभाको अवसरमा भण्डारीलाई नगद पाँच हजार रुपैयाँसहित सम्मान प्रदान गरेको हो।

    समारोहमा अन्तर्राष्ट्रिय सहकारी महासंघ एशिया प्यासिफिकका संचालक सदस्य मिनराज कंडेल, संस्थाकी अध्यक्ष कोपिला सिंखडा, जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारी, पूर्व उपप्रमुख सरस्वतीदेवी चौधरी लगायतको उपस्थिति रहेको थियो।

    संस्थाका अनुसार भण्डारीले पत्रकारितामार्फत सहकारी र सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै यो सम्मान प्रदान गरिएको हो। भण्डारी विगत १६ वर्षदेखि अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा कार्यरत छन् भने इशिालेख डट कम र सूचनालय साप्ताहिकका संचालक पनि हुन्। यसअघि पनि उनले हातेमालो सहकारी पत्रकारिता सम्मान, साना किसान सहकारी पत्रकारिता सम्मान, सिमरा महिला सहकारी पत्रकारिता सम्मानजस्ता सम्मानहरू प्राप्त गरिसकेका छन्।

    साधारणसभामा जेष्ठ शेयर सदस्य, उत्कृष्ट विद्यार्थी, उत्कृष्ट कर्मचारी र उत्कृष्ट ऋण लिनेहरूलाई पनि सम्मान गरिएको थियो। कार्यक्रम संस्थाकी अध्यक्ष कोपिला सिंखडाको अध्यक्षतामा सम्पन्न भएको थियो भने सचिव त्रिलोक बिक्रम शाहले सञ्चालन गरेका थिए।

    समारोहमा सहभागीहरुले सहकारी क्षेत्रको विकास र पत्रकारिताको भूमिकाबारे चर्चा गरेका थिए। सहकारी संस्थाले सामुदायिक विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै, सहभागीहरुले यस किसिमको सम्मानले सहकारी र पत्रकारिता क्षेत्रलाई थप प्रेरित गर्ने विश्वास व्यक्त गरे।

    पत्रकार भण्डारीले सम्मान ग्रहण गर्दै सहकारी र सामाजिक मुद्दाहरुको बारेमा अझ प्रभावकारी ढंगले आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे। उनले सहकारी संस्थाहरुले स्थानीय स्तरमा गरेको योगदानको विषयमा निरन्तर कलम चलाइरहने बताउँदै, सम्मानले आफूलाई थप जिम्मेवार र प्रेरित बनाएको उल्लेख गरे।

    कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष सिंखडाले सहकारीको भावी योजनाहरुबारे जानकारी दिँदै, आगामी वर्षहरुमा पनि सहकारीको योगदानलाई अघि बढाउन सबैको सहयोग आवश्यक रहेको बताइन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑