काठमाडौं । महानगरीय प्रहरीले प्रभाग नागढुंगाले मकैको बोरामुनि लुकाएर भन्सार छली ल्याएको ६० लाख रुपैयाँबराबरको कपडासहित एकजनालाई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका २, नागढुंगामा जाँचका क्रममा कन्टेनरमा लुकाएर ल्याइएको कपडा बरामद गरेको हो ।
महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार आनन्द लामाले चन्द्रनिगाहापुरबाट काठमाडौं ल्याइरहेको ना.५ख ९६०५ नम्बरको कन्टेनरभित्र मकै र त्योभन्दा मुनि कपडा लुकाएर भित्र्याउन लागेको अवस्थामा पक्राउ गरिएको हो ।
गाडीमा भन्सार छली गरी ल्याइएका ६१ बोरा कपडा बरामद भएको श्रेष्ठले बताए । पक्राउ परेका लामा र बरामद सबै कपडालाई भन्सार कार्यालय सानो गौचरण पठाइएको छ । bahakhari