• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विद्युतीय रडले किशोरहरूलाई क्रूर तरिकाले डामेर रमाउँथे आशिष देउला

  • वीरगंज संजाल
  • २५ भाद्र २०८१, मंगलवार १०:५२
  • ११४१

    वीरगंज । बुढानीलकण्ठमा घर घडेरी भएका धनी बाबुका छोरा हुन् आशिष देउला । ३३ वर्षका देउला अहिले दुई जना किशोरलाई बन्धक बनाएर विद्युतीय रडले डामेर यातना दिएको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् ।

    बा७च ६४६१ नम्बरको पजेरोमा राखेर उनको समूहले भदौ ७ मा विशाल देउलालाई टेकुस्थित दोभान पुलबाट लगनटोलस्थित सलबालमा लगे । त्यहाँ पानी तताउने विद्युतीय रड तताएर आशिषले विशालको शरीरमा पोलिदिए । करिब ३ घण्टासम्म बन्धक बनाएर आशिषसहितका ४ जना मिलेर डामेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

    आशिषलाई विशालले ठमेलस्थित क्लब सिनेटमा चिनेका हुन् । विशालका अनुसार डामेपछि आशिषले ‘खुब मजा आयो’ भनेका थिए ।

    लगनस्थित सलबालमा आफ्नै मामाको घरमा लगेर आशिषले विशाललाई यातना दिएका हुन् । तर, त्यस्तो क्रुर यातना दिँदा पनि आशिषका आफन्त केही बोलेनन् ।

    बुढानीलकण्ठस्थित घरमा लगेर आशिषले निमा नाम गरेका अर्का किशोरलाई यातना दिएको अनुसन्धानबाट थाहा भएको छ । निमा र विशालले प्रहरीमा निवेदन दिएका छन् ।

    धनी बाबुका छोरा आशिष रात्रि क्लबको नियमित ग्राहक हुन् । सिनेट, ओम्निया र एलओडीमा उनी निरन्तर जान्छन् । पीडित विशाल देउला भन्छन्, ‘मैले उहाँलाई सिनेटमा भेटेको हुँ ।’

    क्लबमा भेट्ने युवायुवतीलाई ‘हाउस पार्टी’ गर्ने भनेर आशिषको समूहले बुढानीलकण्ठ र लगनमा लगेर यातना दिने गरेको थाहा भएको छ । देउलाको समूहमा २७ वर्षीय राजेन्द्र घले, उदयपुरका २२ वर्षीय ओजस्वी तामाङ र चितवन घर भएका २२ वर्षका साजन गुरुङ आबद्ध छन् । चारै जना अहिले थुनामा छन् ।

    बुढानीलकण्ठमा युवा–युवतीलाई बन्धक बनाएको आरोपमा ४ जना पक्राउ
    बुढानीलकण्ठमा युवा–युवतीलाई बन्धक बनाएको आरोपमा ४ जना पक्राउ
    किशोरहरूलाई उनले किन यातना दिए भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । उनले भने, ‘यातना दिनुपर्ने कारण खोज्दै छौँ ।’

    ‘सुगर ड्याडी–५० मी’

    आशिषले १२ कक्षा पास गरेका छन् । क्लबमा जाँदा उनी ३० देखि ४० हजार रुपैयाँ उडाउँछन् । अनुसन्धान अधिकृतहरूसँग उनले भनेका छन्, ‘हप्तामा ३ दिन क्लब जान्छु ।’

    क्लबमा जाँदा उनी समय–समयमा नकाब लगाएर जान्थे । बुढ्यौली झल्किने नकाब लगाएर क्लबमा जाने र किशोर किशोरीलाई आकर्षित गर्ने गरेको अनुसन्धानमा संलग्न अधिकृत बताउँछन् ।

    उनको ‘सुगर ड्याडी–५० मी’ नामको टिकटक आइडी छ । सो आइडीमा नकाब लगाएर उनले पैसा फालेको भिडियो देखिन्छ । पैसा उडाएको बारेमा अनुसन्धान अधिकृहरूसँग उनले भनेका छन्, ‘बैंकबाट ऋण लिएको पैसा उडाएर भिडियो बनाएको हुँ, त्यो मेरो सोख हो ।’

    आशिषको परिवारमा दुई जना जुम्ल्याहा बच्चा र पत्नी छन् । उनले आरती एण्ड कम्पनी नामबाट प्रिफ्याव सम्बन्धी काम गर्ने कम्पनी सञ्चालन गरेको बताएका छन् । क्लबमा भेट भएका दुई जना किशोरले आफ्नो पैसा देखेर फसाउन खोजेको उनले अनुसन्धान अधिकृतहरूसँग बताएका छन् ।

    आशिषले प्रहरीसँग भनेका छन्, ‘दुई जना किशोरले मलाई केटी प्रयोग गरेर फसाउँछु भनेर फोन गरेपछि त्यसरी डामेको हुँ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑