वीरगञ्ज। जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जका विभिन्न स्थानबाट लागू औषध प्रयोगकर्ता र संगठित गिरोहलाई नियन्त्रणमा लिएको छ।
लागू औषधको दुरुपयोग गर्दै ग्याङ फाइट, चोरी, लुटपाट तथा शहरलाई आतङ्कित पार्ने गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेलका अनुसार, वीरगञ्ज र आसपासका क्षेत्रबाट करिब सयौं व्यक्तिलाई नियन्त्रणमा लिइएको हो।
“लागू औषधको दुरुपयोगबाट सिर्जना भएको आपराधिक गतिविधिले शहरको शान्ति सुरक्षामा गम्भीर असर पुर्याइरहेको थियो,” डीएसपी भारतीले भने, “यसलाई नियन्त्रणमा लिन विशेष अपरेशन सञ्चालन गरिएको हो।”
प्रहरीका अनुसार, पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान भइरहेको छ। प्रहरीको यस कदमले वीरगञ्जको सुरक्षा अवस्थालाई मजबुत बनाउने आशा गरिएको छ।