वीरगञ्ज । वीरगञ्जको घण्टाघरमा शनिबार स्वराज आन्दोलनका प्रथम सहिद राममनोहर यादवको सातौं स्मृति दिवसको अवसरमा जनमत पार्टी पर्साले विशेष श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्यो। यस कार्यक्रममा सहभागीहरूले सहिद यादवको स्मृतिमा दीप प्रज्वलन गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे।
स्मृति सभालाई सम्बोधन गर्दै पर्सा जिल्ला संयोजक ओमप्रकाश सरार्फले सहिद राममनोहर यादवको बलिदानलाई सदैव स्मरण गरिनुपर्ने भन्दै उनको अधुरा सपनाहरूलाई साकार पार्न जनमत पार्टीको आन्दोलनलाई अझ सशक्त बनाउनुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा जनमत पार्टीका विभिन्न नेताहरूको उपस्थिति थियो, जसमा सिपु तिवारी, करिमा बेगम, अनुराग द्विवेदी, मुकेश द्विवेदी, हरहर साह, चन्दन चौहान, अनिता रौनियार, नजमा खातुन, अन्जना गुप्ता, सन्तोष साह लगायतका नेताहरू सहभागी थिए।
यसैगरी, दिपेन्द्र यादव, संजय सिंह, महादेव शर्मा, गगन देव यादव, मनोज साह, धिरेन्द्र पन्जियार, डा. असोक ठाकुर, अमरनाथ सिंह राठौर, शशी पान्डे, बिष्णु कुशवहा, राजुराज गीरी, चन्चल साह लगायतका नेता कार्यकर्ताहरूले पनि कार्यक्रममा उपस्थित भएर सहिदको योगदानप्रति सम्मान व्यक्त गरे।
सहिद यादवको स्मृति दिवसमा आयोजित यस कार्यक्रमले वीरगञ्जका नागरिकहरूलाई सहिदप्रतिको सम्मान व्यक्त गर्न र उनको योगदानलाई सदैव सम्झने अवसर प्रदान गरेको छ। जनमत पार्टीले आगामी दिनमा सहिद यादवको आदर्शलाई अघि बढाउँदै आन्दोलनलाई थप सशक्त बनाउन निरन्तर प्रयास गर्ने संकल्प लिएको छ।