• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निकट भविष्यमा नेपालले महिला प्रधानमन्त्री पाउँछ : खानेपानी मन्त्री यादव

  • वीरगंज संजाल
  • १५ भाद्र २०८१, शनिबार २२:१६
  • ६१७

    वीरगन्ज । खानेपानी मन्त्री प्रदीप यादवले निकट भविष्यमा नेपालमा महिला प्रधानमन्त्री चयन हुने आशा व्यक्त गर्नुभएको छ।

    नवनारी म्यागेजिनद्वारा आज काठमाडौँमा आयोजित तीज तथा सौन्दर्य सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालले महिला राष्ट्रपति, सभामुख, न्यायाधीश, र मुख्य सचिव पाइसकेकाले अब महिला प्रधानमन्त्री बन्ने मात्र बाँकी रहेको बताउनुभयो।

    मन्त्री यादवले भन्नुभयो, “महिलाहरूले उच्चतम पदहरू हासिल गरिसकेका छन्, अब प्रधानमन्त्री पदमा महिला नेतृत्वको अपेक्षा गरिएको छ । निकट भविष्यमै देशले महिला प्रधानमन्त्री पाउनेमा म विश्वस्त छु ।”

    कार्यक्रममा मन्तव्य राख्दै मन्त्री यादवले नेपालको संविधानले महिलाका लागि विशेष अधिकार सुनिश्चित गरेको बताउँदै, वर्तमान सरकार पनि महिलाका हकहितमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । महिलाका लागि ३३ प्रतिशत आरक्षण सरकारी निकायहरूमा अनिवार्य हुनुपर्ने धारणा व्यक्त गर्दै, उहाँले अब पुरुषहरूले पनि घरको काममा योगदान दिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    तीज पर्वको सन्दर्भमा मन्त्री यादवले यस पर्वले महिला दिदीबहिनीहरूलाई दुःखसुख साटासाट गर्ने अवसर दिने र मिलनको पर्वको रूपमा महत्त्व राख्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पहाडमा मनाइने तीज अहिले मधेसका गल्ली-गल्लीमा पनि उल्लासपूर्वक मनाइन्छ, यो पर्व हाम्रो सांस्कृतिक धरोहरको संरक्षण र प्रवर्द्धनको प्रतीक हो ।”

    अर्को प्रसङ्गमा, मन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा काठमाडौँवासीलाई २४ घण्टा खानेपानी उपलब्ध गराउन, ललितपुरमा मेलम्चीको पानी पुर्‍याउन र गोदावरीको पानी खुवाउन आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो ।

    मन्त्री यादवले आफूसँग सम्बन्धित कुनै समस्या वा सुझाव भए आफूलाई सिधा सम्पर्क गर्न आग्रह गर्दै कार्यक्रम समापन गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स
  • चरेससहित एकजना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    News

    चरेससहित एकजना पक्राउ

    News

    लागू औषधसहित युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑