• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दोस्रो विवाह गरेर ५ वर्षसम्म बाहिर राखेपछि श्रीमतीको हत्या

  • वीरगंज संजाल
  • १४ भाद्र २०८१, शुक्रबार ११:३८
  • १३८१

    वीरगञ्ज । तीन दिनअगाडि ( भदौ १० गते ) हेटौँडा उपमहानगरपालिका-१० स्थित रत्ना होटेलमा मृत भेटिएकी २३ वर्षीय एलिशा न्यौपानेलाई उनकै श्रीमानले हत्या गरेको खुलेको छ । एलिशाका श्रीमान् समीर खान (एलिशाका आफन्तले भनेको नाम) फरार छन् ।

    भदौ ९ गते समीरले एलिशालाई आफ्नो घरमा बोलाएका थिए । सोही राति होटेलमा लगेर हत्या गरी फरार बनेको प्रहरी अनुसन्धानबाट देखिएको हो । होटेलको सिसिटिभी फुटेजमा समीर र एलिशा एकसाथ होटेलमा प्रवेश गरेको तर रात ९ बजे समीर एक्लै निस्किएको देखिएको छ । समीरले बियरको बोतलले हानेर हत्या गरेका थिए ।

    अर्को बलियो सबुत भनेको समीरले एलिशाका भाइलाई पठाएको म्यासेज हो । जुन म्यासेजमा उनले आफ्नो हातबाट एलिशाको मृत्यु भएको र आफू सजाय भोग्न तयार रहेको बताएका छन् । दुई जनाको झगडाका क्रममा हानाहान भएको र अनजानमा एलिशाको ज्यान गएको उनको दाबी छ । यो म्यासेज उनले केही बेरमा अनसेन्ड गरेका थिए ।

    समीरले लेखेको म्यासेज :

    बस अनजानमा ज्यान गयो गल्तीले हात हालाहाल गर्दा । म यो कुराले पागल भइसकेँ । मलाई त्यो टाइम झलझल आँखामा आइराखेको छ । पहिले राम्रो कुरा भाको थ्यो । पछि पहिलेको कुरा निस्केर डिस्कस भयो । मुख छाडाछाड अनि दुवै जनाले हात हालाहाल भयो । उसले नि हान्यो मैले नि हानेँ । अनि हान्दा खेर ज्यान गयो । मैले कति उठाउन खोजेँ । तर ज्यान गइसकेको रहेछ । आइएम सरी भाइ । जे भए पनि मेरो हातबाट त गाको छ नि ! मैले कहिले माफ पाउँदिन आफैँबाट । म आफैँ चौकी पनि आउँदै छु । जे-जे सजाय भोग्नुपर्छ म भोग्छु । त्यो राम्रो वा नराम्रो जे थ्यो मेरो हातबाट त पाप भयो नि ! म हेटौँडा आइराछु ।

    पहिल्यै विवाहित समीरले एलिशासँग दोस्रो विवाह गरेर बाहिरै राखेका थिए । पाँच वर्षअघि उनीहरूले भागी विवाह गरेको आफूहरूले थाहा पाएको एलिशाका फुपाजु गणेशबहादुर खत्रीले बताए । सानैमा एलिशाकी आमाले दोस्रो विवाह गरेकी र बुबाको पनि कुलतको कारण मृत्यु भएकोले आफूले नै हुर्काएर पढाएको उनले जानकारी दिए ।

    ‘बिहेपछि भने खासै सम्पर्क थिएन,’ उनले भने, ‘एक-दुई वर्षसम्म घरमा आउजाउ रहे पनि विगत ३ वर्षयता नियमित सम्पर्क टुटेको थियो ।’ खत्रीका अनुसार आक्कलझुक्कल फोनमा कुरा हुँदा एलिशाले कहिले काठमाडौँमा त कहिले पोखरामा होटेल खोलेर बसेको बताउने गर्थिन् । एलिशाले श्रीमानको अर्की पत्नी रहेको पछि मात्रै थाहा पाएको पनि उनको भनाइ छ । त्यसपछि उनीहरूको सम्बन्धमा दरार आएको थियो ।

    ‘खानले पहिले नै विवाह गरेका रहेछन्, यो कुरा छोरीलाई पछि थाहा भएछ र उनीहरूबिच खटपट सुरु भयो,’ खत्रीले भने । हत्या भएको दिन एलिशा र समीरको परिवारबिच ठूलो झगडा भएको प्रमाण प्राप्त भएको छ । नेपाल प्रेसलाई प्राप्त भ्वाइस रेकर्ड र भिडिओ रेकर्डमा उनलाई घरका आफन्तले नै मार्ने धम्की दिएका छन् । त्यसै राति होटेलमा हत्या भएको थियो ।

    नेपाल प्रेसलाई प्राप्त रेकर्डमा एलिशाले ‘मेरो कहाँ को छन् र जाऊँ ? भन्दा एक महिलाले जहाँबाट उठाएर ल्याएको हो, त्यहीँ लगेर मारिदिनू’ भनेकी छन् । केही समयअघि वैदेशिक रोजगारीको सिलसिलामा युएई पुगेकी एलिशालाई प्रेमीले नेपाल ल्याएको उनको आफन्तहरूले जनाएका छन् ।

    आरोपीलाई चाँडै पक्राउ गर्छौँ : प्रहरी

    मकवानपुर प्रहरीले अनुसन्धानको क्रममा रहेकोले अहिले नै सबै कुरा सार्वजनिक गर्न नमिल्ने जनाएको छ । मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले अनुसन्धानबाट धेरै ‘क्लु’ पत्ता लागिसकेको बताए । हत्यामा संलग्नलाई चाँडोभन्दा चाँडो पक्राउ गरिने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    News

    चरेससहित एकजना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑