• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    औद्योगिक सुरक्षामा चूक: सीजी सिमेन्टमा मेसिनमा च्यापिएर मजदूरको मृत्यु

  • वीरगंज संजाल
  • १३ भाद्र २०८१, बिहीबार १९:५४
  • ११६५

    काठमाण्डौ । पाल्पाको रैनादेवी छहरा–२ सर्देवास्थित सीजी सिमेण्ट उद्योगमा एक कामदारको मृत्यु भएको छ । मंगलबार राती १० बजेतिर कोइला पेल्ने (धूलो पार्ने) मेसिनमा परेर ४८ वर्षीय दिनेश शर्माको मृत्यु भएको हो ।

    सिजी सेमेण्ट इन्डस्ट्रिज पाल्पा प्रालिले सञ्चालन गरेको क्लिङ्कर उद्योगमा यस्तो घटना भएको हो । मेसिन सफा गर्न भनेर दुई जना कामदार मेसिन भित्र पसेका बेला ‘अकस्मात् मेसिन चलेको’ पाल्पा प्रहरीले जानकारी दिएको छ । त्यस क्रममा अर्का एक जना मेसिन भित्रबाट भाग्न सफल भएको र शर्माको भने मृत्यु भएको प्रहरीले जनाएको छ । यस घटनामा मेसिन कसरी चल्यो वा कसले, किन चलायो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दियो । ‘मृतकका आफन्त आउँदै गरेकाले अहिले घटनास्थल सिल गरेर राखिएको छ, भर्खरैमात्र मुद्दाको टोलीले अनुसन्धान सुरु गरेको छ’, अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले भने ।

    images

    धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ घर भएका शर्मा गत साउनमा मात्रै ‘खेति लगाउन’ घर आएको उनको पारिवारिक स्रोतले जनाएको छ । त्यस बेला आफूले ‘लामो समयदेखि तलब नपाएको’ भन्दै गुनासो गरेको र तलब पाएपछि काम छाडेर विदेश जाने योजना सुनाएको शर्माको परिवारले जानकारी दिएको छ ।

    सिजी सिमेण्टमा तलबको समस्या नौलो होइन । यसअघि पनि पारिश्रमिक नपाएका कामदारले सिमेण्ट उद्योगमा तालाबन्दी गर्ने सम्मका घटना भएका छन् । गोरखापत्रले २०७९ असोजमा प्रकाशन गरेको एक समाचारमा पनि तीन महिनादेखि पारिश्रमिक नपाएपछि कामदारले उद्योगमा तालबन्दी गरेको उल्लेख छ । दशैँतिहारको समयमा पनि आफ्नो श्रमको मूल्य नपाएकाले तालाबन्दी गर्नु परेको भनेर एक कामदार हेमन्त नेपाललाई उर्दृत गर्दै समाचारमा जनाइएको छ ।

    मंगलबारको उक्त दुर्घटनाका बारेमा सूचना पाएपछि बुधबार विहानै काठमाडौँबाट शर्माका परिवारजनहरु १७ जनाको टोली पाल्पा प्रस्थान गरेको छ । उनीहरु साँझसम्म घटनास्थल पुग्न नसकेका कारण मेसिनबाट शव ननिकालिएको प्रहरीले जनाएको छ । शव क्षतविच्छेद हालनमा हुनसक्ने पनि प्रहरीले बताएको छ । पारिवारिक स्रोतका अनुसार पनि शव क्षतविच्छेद भएको खबर आएकाले उतै ‘सदगद’ गरेर फर्कने तयारीमा ठूलो टोलि त्यसतर्फ गएको जनाएको छ ।

    ‘मेसिनभित्र कालोकालो देखिएको छ । स्पष्ट आकृति नदेखिएकाले शव क्षतविच्छेद भएको हुनसक्ने अनुमान गरिएको छ’, घटनास्थलमा अनुसन्धान गरिरहेका प्रहरी अधिकृतले भने, ‘मृतकका परिवार आएपछि मात्रै मेसिनबाट शव निकाल्ने योजना बनाइएको छ ।’ उक्त सिमेण्ट उद्योगमा कामदारको सुरक्षा प्रबन्धहरु प्रभावकारी नभएको प्रहरी स्रोतले जानकारी दियो । गत सालको साउन पहिलो साता पनि सिमेण्ट उद्योगभित्रको भर्याङ खस्दा १३ जना कामदार घाइते भएका थिए । क्लिङ्कर खस्ने स्थानमा पुराना इँटा हटाएर नयाँ इँटा राख्ने क्रममा भर्याङ खस्दा त्यस्तो घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    शर्माको मृत्युपछि उनको क्षतिपूर्ति र बीमा लगायतका विषयमा भने अहिले कुनै छलफल नभएको प्रहरीले जनाएको छ । आफन्तहरु आएपछि शव निकाल्ने र घटनाको विस्तृत अध्ययन गर्ने जिम्मा आफूहरुको भए पनि क्षतिपूर्ति र बीमा दाबीका विषयलाई प्रहरीले नहेर्ने ती अधिकारीले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    News

    चरेससहित एकजना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑