वीरगंज | नेपालगन्ज ,बाँकेको गनापुरमा बिहिबार बस पल्टिदा दुई जनाको मृत्यु भएको छ। दाङबाट नेपालगन्ज आउदै गरेको भे १ ख २१२८ नम्बरको बस गनापुरमा दुर्घटनामा परेको हो। पट्टा भाच्चिएर बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा बसका सहचालक सन्तोष भुसाल र यात्रु मानबहादुर वलीको मृत्यु भएको बांके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए।
उनका अनुसार, २१ जना घाइतेको नेपालगन्जको भेरी अस्पतालमा, दुई जनाको नर्सिङहोम र पांच जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रहरीले बसका चालक खिमबहादुर मल्ललाई नियन्त्रणमा लिएको छ।