बारा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ रामवनका किसानहरू जय नेपाल बालुवा प्रशोधन उद्योगले थुपारेको बालुवाले खेत पुरेपछि ठूलो समस्यामा परेका छन्। लगातारको वर्षापछि उद्योग परिसरमा थुपारिएको बालुवा र गिटी बगेर खेतमा पसेको छ, जसका कारण धानबालीमा व्यापक क्षति पुगेको छ।
स्थानीय किसान राजराम श्रेष्ठले करिब १० बिगाहा जमिनमा लगाएको धानबाली बालुवाले पुरेको बताए। अर्का किसान इस्तखर मियाले पनि वर्षा सुरु भएदेखि नै उद्योगको बालुवा बगेर खेतमा पसेको र यसले बाली नोक्सान गरेको गुनासो गरे।
किसानहरूका अनुसार, उद्योगका सञ्चालकलाई बालुवा र गिटी सुरक्षित तरिकाले राख्न पटक-पटक आग्रह गरे पनि कुनै सुनुवाइ भएको छैन। पीडित किसानहरूले जीतपुरसिमरा उपमहानगरपालिका र वडा कार्यालयमा क्षतिपूर्ति दिलाउन माग गर्दै निवेदन दिएका छन्। तर, उनीहरूको भनाइमा, सम्बन्धित कार्यालयले अझैसम्म कुनै ठोस कदम चालेको छैन।
बालुवा प्रशोधन उद्योगका सञ्चालक नुरुेन असारीले भने, उद्योगले आफ्नो जमिनमा मात्र बालुवा डम्पिङ्ग गरेको र वर्षायामको पानीले केही बालुवा छिमेकी किसानको खेतमा बगेर पुगेको जानकारी दिए।
अब किसानहरूले आफ्नो धानबालीको क्षतिपूर्ति पाउने आशा राखेका छन्। यस समस्यालाई समाधान गर्न सम्बन्धित निकायले छिट्टै उचित कदम चाल्नुपर्ने आवाज उठ्दैछ। यसले किसानहरूको जीविकोपार्जनमा परेको असरलाई न्यूनिकरण गर्ने अपेक्षा गरिएको छ।