• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेसका वन विनाश

  • वीरगंज संजाल
  • १२ भाद्र २०८१, बुधबार १०:५२
  • ७७७

    वीरगञ्ज । मधेस प्रदेशका वनहरू तस्करीको चपेटामा परेर रित्तिन थालेका छन्। विभिन्न जिल्लाहरूमा तस्करीका कारण वन फडानीको समस्या गहिरिँदै गएको छ, जसका कारण प्रदेशको हरियाली सङ्कटमा परेको छ। यद्यपि मधेस प्रदेश सरकार तथा विभिन्न सरोकारवालाले वृक्षारोपण अभियान चलाइरहेका छन्, तर भारतसँग सिमाना जोडिएका तराई–मधेसका जिल्लाहरूमा रूख कटान र तस्करी दिनप्रतिदिन मौलाउँदै गएको छ।

    सरकारी तथ्याङ्कअनुसार वन क्षेत्र विस्तार भइरहेको देखाइएको भए पनि वस्तुस्थिति फरक देखिन्छ। पर्सा जिल्लाको गढीमाई साझेदारी वनमा हालै गरिएको अनुगमनले मात्र ३० भन्दा बढी रूख कटान गरिएको खुलासा गरेको छ, जसमा अधिकांश सिसौ, खयर र सखुवाका रूखहरू छन्। ग्लोबल ल्यान्ड एनालाइसिसले समेत गढीमाई वन क्षेत्रमा अत्यधिक फडानी भएको पुष्टि गरेको छ।

    गढीमाई वन व्यवस्थापन समितिका अध्यक्ष सहरूम गद्दीका अनुसार वनका कर्मचारीहरूले अनुगमनमा ध्यान नदिँदा तस्करहरूले सोनवर्षा र कोइलाभार विन्दवासिनी क्षेत्रका रूखहरू सखाप पार्न थालेका छन्। पर्सा जिल्लाका साझेदारी वनहरूमा कटान र तस्करीको समस्या गम्भीर भएको छ भने डिभिजन वन कार्यालय पर्साको प्रतिवेदनमा पनि सो वनको काठ चोरी–निकासी हुने गरेको उल्लेख गरिएको छ।

    वन विज्ञ नागेन्द्रप्रसाद यादवका अनुसार मधेसको वन क्षेत्र विगतको तुलनामा लगभग ५० प्रतिशतले घटेको छ। उनका अनुसार प्रदेश वन निर्देशनालय धनुषाले आर्थिक वर्ष २०७९/८० सम्म ९३१ वटा वन पैदावार सम्बन्धी मुद्दा दायर गरेको छ, जसमा ५२३ जना संलग्न रहेको र २९ जनाविरुद्ध मुद्दा चलाइएको छ।

    पर्साको गढीमाई साझेदारी वन संरक्षण तथा अनुगमनको जिम्मा रङ्गपुर सब डिभिजन र वसन्तपुर सब डिभिजन मातहत पर्छ। तर यी कार्यालयहरूले वन फडानी र तस्करी रोक्न आवश्यक चासो नदेखाएको गुनासो स्थानीयले गरेका छन्। समितिका अध्यक्ष सहरूम गद्दीका अनुसार, वनबाट दैनिक ३०० क्युफिटसम्म काठ बरामद हुने गरेको छ, तर प्रभावकारी अनुगमनका लागि वन कार्यालयले पर्याप्त बजेट र सुरक्षा प्रदान नगरेको उनी बताउँछन्।

    तस्करीको चपेटामा परेको पर्सा लगायतका जिल्लामा स्थानीय वन समितिहरूले कठिनाइको सामना गरिरहेका छन्। तस्करीको सामना गर्दा वन उपभोक्ता तथा कर्मचारीहरू घाइते भएका घटना पनि बढिरहेका छन्। वन व्यवस्थापन समितिका अनुसार पर्सामा मात्र प्रतिमहिना करिब ५० लाख रुपैयाँ मूल्य बराबरको काठ तस्करी भइरहेको छ।

    सरकारले वन क्षेत्रको संरक्षणका लागि कडा कदम नचालेमा मधेस प्रदेशको हरियाली भविष्यमा थप खतरामा पर्ने सङ्केत देखिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑