वीरगञ्ज । वीरगञ्ज महानगरपालिकास्थित नेपाल मेडिसिटी बयोधा अस्पतालले आँखा उपचार तथा शल्यक्रिया सेवा सुरु गर्ने भएको छ। बयोधा अस्पतालले रामकुमार केडिया आँखा अस्पतालको समन्वयमा आगामी भदौ १ गतेदेखि यो सेवा सुरु गर्ने तयारी गरेको हो।
यस सेवाको लागि बयोधा अस्पताल र रामकुमार केडिया आँखा अस्पतालबीच हालै औपचारिक सम्झौता भएको छ। सम्झौतामा रामकुमार केडिया आँखा अस्पतालका डाइरेक्टर नितिन तुल्सयान र बयोधा अस्पतालका डाइरेक्टर विजय रिमालले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार, रामकुमार केडिया आँखा अस्पतालका विशेषज्ञ चिकित्सकहरूले अब बयोधा अस्पतालमा नियमित रूपमा आँखा सम्बन्धी सेवा प्रदान गर्नेछन्। बयोधा अस्पतालले आँखाको गुणस्तरीय जाँच र शल्यक्रिया सेवा पनि सुरु गर्ने योजना बनाएको छ। यस सहमतिले वीरगञ्जका नागरिकहरूको स्वास्थ्य सेवामा महत्त्वपूर्ण टेवा पुर्याउने विश्वास लिइएको छ।