• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बिहे गर्नुअघि जहाँ महिलाले आफू कुमारी भएको प्रमाणपत्र देखाउनुपर्छ

  • वीरगंज संजाल
  • ३० श्रावण २०८१, बुधबार ०१:५८
  • १४३३

    इरानमा विवाह गर्न लागेकी युवती कुमारी नै हुनुपर्ने मान्यता छ। कहिलेकाहीँ पुरुषहरू आफूले बिहे गर्न लागेकी महिलाको कौमार्य पुष्टि गर्ने प्रमाणपत्र खोज्छन्। विश्व स्वास्थ्य सङ्गठनले त्यस्तो प्रथालाई मानवाधिकारविरुद्ध मान्ने गरेको छ। विगत केही वर्षयता मानिसहरूले त्यस्तो प्रचलनविरुद्ध अभियान चलाउन थालेका छन्।तिमीले मसँग विवाह गर्न जालझेल गर्‍यौ किनभने तिमी कुमारी हैनौ। सत्य थाहा पाएको भए तिमीलाई कसैले पनि बिहे गर्दैनथ्यो।”

    पहिलो पटक सम्भोग गरेपछि मरियमका पतिले उनीसँग यसो भनेका थिए। किनभने सम्भोग गर्दा उनको रक्तस्राव भएको थिएन।

    उनले त्यसअघि आफूले कहिल्यै शारीरिक सम्पर्क नगरेको कुरा बताइन्। तर उनका पतिले पत्याएनन् र मरियमसँग उनी कुमारी भएको प्रमाणपत्र मागेयद्यपि डब्ल्यूएचओका अनुसार कुमारीत्व परीक्षणको कुनै वैज्ञानिक आधार छैन।

    मरियमको प्रमाणपत्रमा उनको हाइमन (कुमारी झिल्ली) “इलास्टिक” अर्थात् तन्किने प्रकृतिको भएको जनाइएको छ। त्यसको अर्थ मैथुन गर्दा उनको यौनाङ्गबाट रगत ननिस्किन पनि सक्छ।

    “यसले मेरो आत्मसम्मानमा चोट पुर्‍यायो। मैले कुनै गल्ती गरेकी थिइनँ तर मेरा पतिले सधैँ मेरो अपमान गरिरहे,” उनले भनिन्। “मैले सहनै सकिनँ। त्यसैले केही औषधि खाएर मैले आत्महत्या गर्ने प्रयास गरेँ।”त्यतिबेला तत्काल अस्पताल पुर्‍याइएको कारण उनी बाँचिन्।

    “म ती पीडादायी दिनहरू कहिले पनि भुल्न सक्दिनँ। त्यतिबेला मेरो जीउ २० किलो घटेको थियो।”

    कौमार्य जाँच अन्त्य हुनुपर्ने माग
    मरियमको जस्तै कथा अरू इरानी महिलाहरूको पनि छ। विवाहअघि शारीरिक सम्बन्ध नराख्नु अझै पनि धेरै महिला र तिनको परिवारको निम्ति महत्त्वपूर्ण विषय हो। इरानको रूढिवादी समाजमा यो मान्यता बलियोसँग बसेको छ।

    तर केही समययता परिवर्तन देखा पर्न थालेको छ। देशभरिका महिला तथा पुरुषहरूले कौमार्य जाँचविरुद्ध अभियान सञ्चालन गरिरहेका छन्।’म इरान पुगेँ भने श्रीमान्‌ले मारिदिन्छन्’

    उक्त अभियानअन्तर्गत गत नोभेम्बरमा सञ्चालित एउटा अनलाइन याचिकामा एक महिनाभित्र २५,००० जनाले हस्ताक्षर गरेका थिए। त्यतिबेला इरानमा कुमारीत्व परीक्षणलाई पहिलो पटक धेरै मानिसले सार्वजनिक चुनौती दिएको थियो।

    “त्यसो गर्नु गोपनीयता भङ्ग गर्नु हो र यो निकै अपमानजनक कार्य हो,” नेडाले भनिन्।

    उनले १७ वर्षको उमेरमा तेहरानमा पढ्दै गर्दा आफ्नो प्रेमीसँग शारीरिक सम्पर्क राखेकी थिइन्।म आत्तिएकी थिएँ। परिवारले थाहा पायो भने के होला भनेर डराएकी थिएँ।”

    त्यसैले नेडाले आफ्नो हाइमन फेरि मर्मत गर्ने निर्णय गरिन्।त्यसको उपचारविधि अवैधानिक हैन। तर यसको सामाजिक प्रभाव निकै डरलाग्दो हुने भएकाले कुनै अस्पताल पनि शल्यक्रिया गरेर हाइमन मिलाउने काम गर्न तयार हुँदैनन्।

    नेडाले धेरै पैसा तिरेर त्यस्तो उपचार गरिदिने निजी क्लिनिकबारे थाहा पाइन्।

    “मैले आफूसँग भएको सबै पैसा खर्च गरेँ। ल्यापटप, फोन र सुनका गरगहना सबै बेचेँ,” उनले भनिन्।उपचारका क्रममा केही अप्रिय घटना भए त्यसको सबै जिम्मेवारी आफ्नो हुने सर्तमा नेडाले हस्ताक्षर गरिन्। त्यसपछि एक सुँडिनीले उपचारविधि थालिन्। त्यस कार्यको लागि करिब ४० मिनेट लाग्यो।

    तर नेडालाई पूरा निको हुन धेरै साता लाग्यो।

    “म निकै पीडामा थिएँ। म खुट्टा चलाउन सक्ने अवस्थामा पनि थिइनँ,” उनले भनिन्। उनले यो सबै कुरा परिवारबाट लुकाइन्।

    “मलाई निकै एक्लो महसुस भयो। अरूले सबै कुरा थाहा पाउलान् भन्ने डरले गर्दा नै मैले त्यो पीडा लुकाउन सकेकी हुँला।”

    एक वर्षपछि उनले आफूलाई मन पराउने र बिहे गर्न चाहने पुरुष भेटिन्। उनीसँग शारीरिक सम्पर्क गर्दा नेडालाई रक्तस्राव भएन।

    नेडाले यसअघि भोगेको सबै दुःख व्यर्थ भयो

    “मेरो प्रेमीले मलाई उससँग विवाह गर्नका निम्ति छल गरेको आरोप लगायो। ढाँटेको भन्दै उसले मलाई छोड्यो।” बन्दी महिलाको जबरजस्ती ‘कौमार्य परीक्षण’
    डब्ल्यूएचओले कुमारीत्व परीक्षणलाई अनैतिक र वैज्ञानिक आधार नभएको ठहर गरे पनि इन्डोनेशिया, इराक र टर्कीसहित धेरै देशमा अझै पनि यो प्रचलनमा छ।

    इरानी मेडिकल सङ्गठनले मुद्दा पर्दा र बलात्कारको घटनाजस्ता विशेष परिस्थितिमा मात्र कुमारीत्व परीक्षण गर्न सकिने जनाएको छ।यद्यपि कुमारी भएको प्रमाणपत्र लिने खोज्नेमध्ये अधिकांश विवाह गर्न लागेका जोडी छन्। त्यसैले उनीहरू निजी क्लिनिकमा जान्छन्। उनीहरूसँग प्रायः आमाहरू पनि जान्छन्।

    स्त्रीरोग विशेषज्ञ वा सुँडिनीले परीक्षण गर्छन् र कुनै युवती कुमारी भएको प्रमाणीकरण गर्छन्। उक्त प्रमाणपत्रमा युवतीको पूरा नाम, उनको बुवाको नाम, राष्ट्रिय परिचयपत्र र कहिलेकाहीँ तस्बिर पनि हुन्छ।

    त्यसमा उनको हाइमनको अवस्थाबारे उल्लेख गरिएको हुन्छ र लेखिएको हुन्छ: “यी युवती कुमारी भएको देखिन्छ। “धेरै पुरुषहरूका निम्ति बिहे गर्न लागेकी महिला कुमारी रहनु सबैभन्दा ठूलो विषय हो।

    “यदि महिलाले विवाहअघि कौमार्य गुमाइन् भने उनी विश्वास गर्न योग्य मानिन्नन्। उनले परपुरुषको लागि आफ्नो श्रीमान् छोड्न सक्छिन्,” शिराजस्थित ३४ वर्षीय अलिले भने।उनले १० जना महिलासँग आफूले यौन सम्बन्ध राखेको बताए। “मैले नाइँ भन्नै सकिनँ,” उनले भने। सामाजिक मूल्य मान्यतामा महिलाको तुलनामा पुरुष बढी स्वतन्त्र भएको स्वीकार्य छ।”

    इरानको निकै ग्रामीण र रूढिवादी क्षेत्रमा अलिको जस्तै दृष्टिकोण भएका धेरै मानिसहरू भेटिन्छन्।

    कुमारीत्व परीक्षणविरुद्ध ऐक्यबद्धता देखाउन प्रदर्शन भए पनि सरकार र सांसदहरूले यसलाई हटाउन केही गर्लान् भन्ने कुरामा धेरैको संशय छ। इरानी समाजमा यो प्रथा गढेर बसेको हुनाले धेरैलाई यो तत्काल हट्छ जस्तो लाग्दैन।कस्तो परिवर्तन होला
    आत्महत्या गर्ने प्रयास र हिंसात्मक पतिसँग चार वर्ष बसेपछि मरियमले सम्बन्धविच्छेद गरिन्।

    उनी केही साताअघि मात्र छुट्टिएकी हुन्।

    “कुनै पुरुषलाई पुनः विश्वास गर्नु निकै कठिन हुनेछ,” उनले भनिन्। “म निकट भविष्यमा विवाह गर्ने कुरा कल्पना पनि गर्न सक्दिनँ।”हजारौँ महिलासँगै उनले पनि कौमार्य प्रमाणीकरणसम्बन्धी अनलाइन याचिकामा हस्ताक्षर गरिन्।

    उनलाई तत्काल वा आफ्नो जीवनकालभरि परिवर्तन हुन्छ जस्तो लाग्दैन।

    तर कुनै दिन आफ्नो देशमा महिलाहरूले समानता पाउँछन् कि भन्ने उनको आशा छ।

    “यो कुनै दिन हुनेछ। म आशा गर्छु भविष्यमा कुनै पनि महिलाले मैले जस्तो परिस्थिति भोग्नुपर्ने छैन।”

    यो सामग्रीमा अन्तर्वार्ता लिइएका सबै व्यक्तिको नाम गोपनीयता कायम गर्नका लागि परिवर्तन गरिएको छ। (बिबिसी बाट साभार गरिएको)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑