• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सामान्य प्रशासनमन्त्री गुप्ता र स्विजका राजदूतबीच भेटवार्ता

  • वीरगंज संजाल
  • २९ श्रावण २०८१, मंगलवार ०८:३५
  • ६२९

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग स्विजका राजदूत डा. ड्यानियल म्युवली मन्टेलिओनले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

    सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा आपसी सहयोग, द्विपक्षीय हितलगायतका विषयमा छलफल भएको मन्त्री गुप्ताको सचिवालयले जनाएको छ । भेटमा मन्त्री गुप्ताले राजदूत मन्टेलिओनले सफलताको शुभकामना व्यक्त गर्दै नेपाल र स्विजबीचको सम्बन्धलाई जनस्तरमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

    राजदूत मन्टेलिओनले दुवै मुलुकको विकास तथा समृद्धिका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै सूचना प्रविधि तथा जलवायु परिवर्तनका क्षेत्रमा सहयोगको लागि विश्वास व्यक्त गरे।

    भेटमा राजदूत मन्टेलिओनले नेपाल र स्विजबीच जनस्तरको सम्बन्ध रहेको बताए । ‘नेपाल र स्विजबीच जनस्तरको सम्बन्ध छ, दुई देशबीचको द्विपक्षीय सम्बन्ध र सहयोग अझ प्रागाढ र सुदृढ बनाउने कार्यमा मेरो भूमिका रहनेछ,’ उनले भने । स्विज र नेपालबीचको सम्बन्ध घनिष्ट एवम् मैत्रीपूर्ण रहिआएको उनले बताए ।

    जनता–जनताबीचको सम्बन्ध, सार्वभौमिकता र लोकतान्त्रिक मूल्य मान्यता नै बुहपक्षीय स्विज नेपाल सम्बन्धको जग भएको बताउँदै मन्त्री गुप्ताले भने, ‘यस सम्बन्धलाई अझ प्रागाढ बनाउनका निम्ति हाम्रो स्थानीय तह र स्विजका विभिन्न सहरबीच भगिनी सम्बन्ध कायम गर्न हामी इच्छुक छौँ ।’

    नेपाल र स्वीट्जरल्याण्डबिच सन् १९५६ मा दौत्य सम्बन्ध कायम भएदेखि सधैं सौहार्दपूर्ण सम्बन्ध रही आएकोमा मन्त्री गुप्ताले खुशी व्यक्त गर्दै दुई मुलुकबिच भौगोलिक दुरी भए पनि मित्रता, सद्भाव, सहकार्य र आपसी सम्मानको भावनाले सम्बन्ध बनेको बताए ।

    सवीट्जरल्याण्ड सहभागितामूलक लोकतन्त्रको सफल अभ्यास गर्ने र संस्थागत गर्ने मुलुकको रूपमा प्रसिद्ध छ। नेपाल पनि लोकतन्त्रको सबलीकरण र लोकतान्त्रिक संस्थाहरू तल्लो तहसम्म सुदृढ गर्न प्रयासरत रहेको मन्त्री गुप्ताले बताए ।

    नेपाल स्वीस विकास सहायता तथा सहकार्य नियोग (SDC) को प्राथमिकता रहेको मुलुकमा पर्दछ । नेपालको आर्थिक सामाजिक विकासमा स्वीस विकास सहायताले महत्त्वपूर्ण योगदान गरेको उनले बताए ।

    SDC को सहयोगमा कोशी प्रदेशका नगरपालिकाहरूको आन्तरिक राजश्व अभिवृद्धि गर्न परियोजना दस्तावेज निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ र निकट भविष्यमा नेपाल सरकार र स्वीस सरकारबिच यस परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको मन्त्री गुप्ताले स्विजका राजदूत डा . मन्टेलिओनलाई बताए ।

    नेपाल सरकार गुणस्तरीय शिक्षामा सबैको समान पहुँच, उद्यमशीलतासम्बन्धी सीपको विकास र युवाशक्तिलाई देशमा नै राखिराख्न शिक्षा र रोजगारबिच सन्तुलन मिलाउन प्रयासरत रहेको संघीय मंत्री गुप्ताले बताए ।

    नेपाललाई आफ्नो विकास सहयताको प्राथमिकता मुलुकमा राखेकोमा स्वीस सरकार र जनता प्रति नेपाल सरकार र मेरो व्यक्तिगत तवरबाट हार्दिक आभार व्यक्त गरे ।

    संघीय मन्त्रालयसँग सम्बन्धित कुनै पनि कामको लागि वार्ता, सहयोग र सहजीकरण गर्न सधैं ईच्छुक रहेको बताउँदै दुवै देश र जनताको परस्पर हित र सम्बन्धलाई अझ प्रागाढ र बलियो बनाउनका लागि स्विज सरकारसँग द्विपक्षीय र बहुपक्षीयस्तरमा नजिकको सम्बन्ध कायम गरी काम गर्न चाहेको गुप्ताको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑