• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयद्वारा कार्यविधि उल्लंघन गरी अनुदान वितरण

  • वीरगंज संजाल
  • २३ श्रावण २०८१, बुधबार ११:१९
  • ७४९

    वीरगञ्ज । मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयले विशेष अनुदान र ससर्त अनुदान वितरणमा कार्यविधि उल्लंघन गरेको विशेष संसदीय छानबिन समितिको प्रतिवेदनले जनाएको छ। समितिले अर्थ मन्त्रालयले अनुदान वितरणमा तर्जुमा गरेको विशेष अनुदान र ससर्त अनुदानसम्बन्धी कार्यविधि उल्लंघन गरेको ठहर गरेको छ।

    समितिको प्रतिवेदनअनुसार, आर्थिक वर्ष २०७९/८० मा अर्थ मन्त्रालयले स्थानीय तहलाई प्रदान गरेको ससर्त र विशेष अनुदान कार्यविधि उल्लंघन गरी मापदण्ड विपरीत रकमको सीमाभन्दा कम रकम विनियोजन गरेको छ। यसले आर्थिक सुशासन कमजोर हुने र प्रदेश सरकारको लगानीसमेत उपलब्धिमूलक नहुने प्रतिवेदनमा उल्लेख छ।

    छानबिन समितिको गठन र प्रतिवेदन
    मधेश प्रदेश सभाको २०८० साल असार २६ गते बसेको ३१ औं बैठकले मधेश प्रदेश सरकारको कार्यक्रम छानबिन गरी प्रदेश सभामा प्रतिवेदन पेस गर्ने गरी विशेष संसदीय छानबिन समिति २०८० गठन गरेको थियो। १० सदस्यीय समितिको पहिलो बैठकले प्रदेश सभा सदस्य उपेन्द्र महतोलाई समितिको संयोजकमा चयन गरेको थियो। संयोजक महतोले आइतबार प्रदेश सभामा पेस गरेको २२ पृष्ठको प्रतिवेदनमा अर्थ मन्त्रालयले निर्णय नगरी कतिपय स्थानीय तहमा ससर्त अनुदानको रकम पठाएको र कतिपयलाई निर्णय भएका योजनासमेत पठाएको छैन।

    प्रतिवेदनका मुख्य बुँदाहरू
    १. आर्थिक वर्षको अन्तिम महिनामा बजेट रकमान्तर गर्दा कार्यको गुणस्तर र उपलब्धिमा संकट आउने। २. ससर्त अनुदान वितरणमा असन्तुलित रकम हस्तान्तरण गर्दा वित्तीय संघीयता कमजोर हुनु। ३. ससर्त अनुदान हस्तान्तरण गर्दा प्रदेश वित्तीय हस्तान्तरण व्यवस्थापन ऐन २०७५ बमोजिम गराउन सुझाव। ४. कतिपय स्थानीय तहले पत्र पठाएर ससर्त अनुदान माग गर्दासमेत अनुदान उपलब्ध नगराउने। ५. अन्य स्थानीय तहरपालिकाले माग गरेको अनुदान कार्यक्रमभन्दा भिन्न शीर्षकमा अनुदान वितरण।

    समितिको सुझाव
    प्रतिवेदनले नयाँ योजना तथा कार्यक्रम बजेट विनियोजन गर्दा संसदबाट स्वीकृत गराई कार्यान्वयन गर्नुपर्ने व्यवस्था रहे पनि सो नगरिएको देखिएको छ। मन्त्रालयहरूले आफ्नो अधिकारभन्दा बाहिर गएर प्रतिष्ठान, आयोग र बोर्डहरूलाई रकम रकमान्तर गरी पठाएकाले सरकारको सञ्चित कोषबाट बाहिर गएर रकम खर्च हुने प्रवृत्ति बढेको प्रतिवेदनमा उल्लेख छ।

    तत्कालीन उद्योग, पर्यटन तथा वन मन्त्रालयमा निजी सचिवालयको लेटर प्याड दुरुपयोग गरेर निर्णयसमेत गरेको पाइएको छ। सरकारी निर्णय प्रक्रिया सरलीकरण निर्देशिका, २०६५ विपरीत अर्थ मन्त्रालयमा दर्ता नभई रकमान्तरसम्बन्धी निर्णय गर्नुका साथै दर्ता हुनुअघिको मितिमा नै निर्णयसमेत भएको प्रतिवेदनमा उल्लेख छ।

    प्रतिवेदन तयार गर्दा मन्त्रालय, निकायहरूको निर्णय, कागजातको अध्ययन, सम्बन्धित पदाधिकारी कर्मचारीसँगको सोधपुछ, प्रदेश लेखा नियन्त्रण कार्यालयको आर्थिक वर्ष २०७९/८० को कार्यक्रमसम्बन्धी सम्पूर्ण आर्थिक विवरणको अध्ययन, महालेखापरीक्षक कार्यालयको वार्षिक प्रतिवेदन, मन्त्रालयका मन्त्रीहरूसँग सोधपुछ गरिएको संयोजक महतोले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑