तुलसीपुर उप-महानगरपालिकामा उद्योग ग्राम स्थापना हुने
वीरगंज संजाल
२९ पुष २०७६, मंगलवार १२:५८
४७४५
दाङ । तुलसीपुर उप-महानगरपालिकामा उद्योग ग्राम स्थापना हुने भएको छ । मंगलबार काठमाडौंमा उप-महानगरपालिका र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच उद्योग ग्राम स्थापनाका लागि समझदारी-पत्रमा हस्ताक्षर गरिएको छ ।
हस्ताक्षर पत्रमा मन्त्रालयका तर्फबाट सह-सचिव शोभाकान्त पौडेल र उप-महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले हस्ताक्षर गर्नुभएको हाे ।
कार्यक्रममा उप-महानगरपालिकालाई ९२ लाखको चेक समेत हस्तान्तरण गरिएको थियो । हस्ताक्षर-पत्रमा ३ महिनाभित्र बिस्तृत परियोजना प्रतिवेदन बनाएर काम अगाडि बढाउने उल्लेख गरिएको छ ।
मन्त्रालयले पहिलो चरणमा मुलुकभरका ३२ वटा स्थानीय तहमा यो कार्यक्रम लागू गरिने जनाएको छ । दाङमा १० वटा स्थानीय तह मध्ये तुलसीपुरमा मात्रै यो कार्यक्रम लागू गरेको हो । समझदारी-पत्र हस्तान्तरण कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेख्रराज भट्ट, राज्यमन्त्री मोतिलाल दुगड लगाएतको सहभागिता रहेको थियो । News 24