• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नियमित स्तनपान नगराउँदा आमालाई क्यान्सरको जोखिम बढी

  • वीरगंज संजाल
  • १९ श्रावण २०८१, शनिबार ११:३३
  • ९८९

    वीरगंज | हिजोआज जीवनशैली व्यस्त हुने आमाहरुको संख्या बढ्दो छ। जसका कारण उनीहरुले शिशुलाई नियमित स्तनपान गराउन चुकिरहेको पाईन्छ। त्यसो त शारीरिक सुन्दरता बिग्रन्छ भन्ने भ्रमका कारण पनि स्तनपान नगराउने आमाहरु भेटिन्छन्। यसरी नियमित स्तनपान नगराउँदा आमालाई क्यान्सरको जोखिम हुने चिकित्सकहरुले औल्याएका छन्।

    कान्तिपुर हेल्थ अनलाईनले विश्व स्तनपान सप्ताहको अवसरमा आज भरतपुरमा आयोजना गरेको “स्तनपानको महत्वः चिकित्सक–पत्रकार अन्तक्र्रिया कार्यक्रम” मा चिकित्सकले नियमित स्तनपान नगराउने आमालाई ब्रेष्ट र डिम्बासयको क्यान्सर हुने बताएका हुन्।

    कार्यक्रममा भरतपुर अस्पतालका स्त्री तथा प्रसुती रोग विशेषज्ञ प्रा.डा. सुनिलमणि पोखरेलले स्तनपान गराउँदा आमाहरुको अक्सिडेसन हर्मोन बृद्धि हुने र त्यसले क्यान्सर हुनबाट जोगाउने बताए।

    ‘आमाको पहिलो बिगहुँते दूधमा अक्सिडेसन हर्मोन बढी हुन्छ, दूध चुसाउँदा पाठेघर खुम्चिन्छ, जसले रक्तश्राव हुनबाट जोगाउँछ।’ उनले भने,‘रक्तश्राव हुनबाट जोगिएको अवस्थामा डिम्बासयको क्यान्सर हुने जोखिम कम हुन्छ।’ अक्सिडेसन हर्मोनमा शिशुलाई आवश्यक पर्ने तत्व पनि बढी हुने उनको भनाई छ।

    उनले नियमित स्तनपान नगराउने आमाको स्तनमा बोसो जम्मा हुने र क्यान्सर समेत गराउन सक्ने बताए। उनका अनुसार ६ महिनासम्म शिशुलाई आमाको दूध मात्रै खुवाउनु पर्ने र कम्तीमा दुई वर्षसम्म पुरक खाना सहित स्तनपान गराउनु पर्दछ।

    सो अवसरमा भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा. श्वेताकुमारी गुप्ताले आमाको दूधमा प्रशस्तत मात्रामा पौष्टिक आहारा हुने भएकाले शिशुका लागि रोग प्रतिरोधात्मक हुने बताइन्। उनले भनिन् ‘आमाको दूधमा जस्ता पौष्टिक तत्व कुनै वस्तुमा हुँदैन । स्वस्थ, सफा खाना आमाको दूध हो।’

    उनका अनुसार नियमित स्तनपान गर्ने बच्चालाई श्वासप्रश्वास, निमोनिया, झाडापखाला जस्ता रोगहरु लाग्ने सम्भावना कम हुन्छ। बच्चाको शारीरिक विकास हुने भएकाले बच्चाको मांसपेशी र गिँजाको गुणस्तर समेत राम्रो हुने डा. गुप्ताको भनाई छ।

    व्यस्तताका कारण नियमित स्तनपान गराउन नसक्ने आमाहरुले आफ्नो दूध पहिले नै संकलन गरेर राख्न सक्ने उनले बताइन्। उनले भनिन् ,‘व्यस्त जीवनशैली भएका आमाहरुले दूध दुहेर चार घण्टासम्म कोठाको तापक्रममा राखेर शिशुलाई खुवाउन सकिन्छ। उक्त दूधलाई परिवारका आफन्तले पछि शिशुलाई आवश्यक परेको बेला खुवाउन सक्छन्।’

    फ्रिजमा राख्दा यस्तो दूध २४ घण्टासम्म खुवाउन सकिने उनको भनाई छ। एचआईभी/एड्स संक्रमित आमाहरुले पनि स्तनपान गराउन सक्ने भन्दै उनले शिशुमा स्तनपानबाट एचआईभी संक्रमण नहुने स्पष्ट पारिन्।

    शिशुलाई सहज हुने गरी स्तनपान गराउन उनले सुझाइन्। पछिल्लो समय आमाहरुले अज्ञानताका कारण दूध चुसाउने तरिका नजान्दा आमाको दूध कम हुँदै जाने र शिशुलाई पनि दूधको मात्रा नपुग्ने गरेको उनले बताइन्। उनले भनिने,‘शिशुको चिउडोले दूध छुवाएर खुवाउनु पर्दछ, स्तनको कालो भाग पूरै शिशुको मुखभित्र पर्ने गरी चुसाउनु पर्दछ। जसले दूध पनि राम्रोसँग आउँछ।’

    शिशुलाई स्तनपान गराउँदा आमाले मोबाईल चलाउन नहुने डा।गुप्ताले बताइन्। ‘आमाले मोबाईल चलाएर स्तनपान गराउँदा बच्चाले दूध खायो खाएन, अघायो, अघाएन लगायत केही कुरा पनि जानकारी हुँदैन।’ उनले भनिन्, ‘बच्चाको माया ममता पनि कम हुन्छ।’ स्तनपान गराउने समयमा शिशुलाई सुम्सुमाउनु पर्ने बताइन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !
  • ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ
  • स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र
  • कोही किन सन्तान जन्माउन अनिच्छुक ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    News

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    News

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    News

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    News

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑