वीरगञ्ज । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा कुनै पनि पार्टीको बैठक नराख्ने घोषणा गरेका छन्। आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै उनले आफ्नो स्वास्थ्य अवस्थाले साथ दिएसम्म कुनै पनि पार्टीका बैठक सरकारी निवासमा नगर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
सोमबार राति आएको भीषण वर्षाले पार्टी मुख्यालय च्यासलमा पानी पसेपछि एमालेले आजको सचिवालय बैठक होटल बसेरामा राख्ने निर्णय गरेको छ। ओलीले भनेका छन्, “मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म कुनै पनि पार्टीको बैठक सरकारी निवास बालुवाटारमा नगर्ने निर्णय गरेको छु।”
सोमबार राति आएको भीषण वर्षाले च्यासल स्थित एमाले पार्टी मुख्यालयमा पानी पसेको कारणले आजको बैठक होटल बसेरामा राखिएको छ। प्रधानमन्त्री ओलीको यो निर्णयले सरकारी निवासमा पार्टीका गतिविधिहरू नगर्ने परम्परालाई अझै मजबुत बनाएको छ।
सामाजिक सञ्जाल मार्फत तपाईंहरूले दिनु भएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु।
आज हाम्रो पार्टीको सचिवालय बैठक छ। मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ। यसरी नै मलाई सुझाव दिँदै जानुहोला।