वीरगञ्ज । सरकारी सेवाप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानीटंकीमा गुडविल लोकसेवा ईन्सिच्युट सञ्चालनमा आएको छ। इन्सिच्युटको विधिवत् उद्घाटन संस्थाका प्रमुख प्रशिक्षक तथा व्यवस्थापक शंकर कुमार ठाकुरले पुजापाठ गरेर गरेका छन्।
प्रशिक्षक ठाकुरका अनुसार, यस ईन्सिच्युटमा निजामती सेवा, शिक्षक सेवा, बैंकिङ् सेवा, स्वास्थ्य सेवासँगै विभिन्न संस्थानहरूको तयारी गराइने छ। ठाकुरले भने, “हामी सस्तो र सर्वसुलभ दरमा उच्चस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध छौं।”
ईन्सिच्युटमा विभिन्न विषयका अनुभवी शिक्षकहरूको टोलीले अध्यापन गराउनेछ। लेखनका लागि प्राण मेहता, दिपक पटेल, सुर्यकान्थ झा, बाल कुमार यादव, र राकेश ठाकुरले जिम्मेवारी सम्हाल्नेछन्। सामान्य ज्ञान (जिके) मा दिनदयाल कुशवाहा र चंदन ठाकुरले प्रशिक्षण दिनेछन्। आईक्यु विषयमा शंकर ठाकुर आफैंले पाठ्यक्रम सञ्चालन गर्नेछन् भने अंग्रेजीको लागि नागेश्वर गुप्ता, गणितको लागि मनोज यादव, र विज्ञानको लागि रमेश कुमार मंडलले अध्यापन गर्नेछन्।
गुडविल लोकसेवा ईन्सिच्युटले वीरगञ्ज क्षेत्रका विद्यार्थीहरूलाई सरकारी सेवामा प्रवेश गर्न आवश्यक ज्ञान र कौशल प्रदान गर्ने लक्ष्य लिएको छ। इन्सिच्युटको यो प्रयासले स्थानीय समुदायमा शिक्षा र रोजगारीको अवसर बढाउने अपेक्षा गरिएको छ।