बारा । सिकेंद्र साह । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वाडा नम्बर छवका वाडा अध्यक्ष नन्दकिसोर प्रसाद जयसवालका कान्छा छोरा १९ वर्षिय दिपक कुमार जयसवालको गएराति आठ बजे करेन्ट लागेर मृत्यु भएको छ। दिपकले आफ्नै खेतमा तार डो-याएर मोटर बन्द गरेर पोलबाट तार हटाउँदै गर्दा करेन्ट लागेको थियो। शरीरभरि करेन्ट प्रवाह भएपछि उनको मृत्यु भएको इलाका प्रहरी कार्यलय सिम्रौनगढले जनाएको छ।
त्यस्तै गरी, बारा जिल्लाको पचरौता नगरपालिका वाडा नम्बर आठ, टोल बाजोपट्टी निवासी रामजनम प्रसादका छोरा २८ वर्षिय राकेस कुमार पण्डितको पनि करेन्ट लागेर मृत्यु भएको छ। राकेसले आफ्नै खेतमा पानी तान्ने क्रममा भोल्टेज बढी भएको बेला तार समेट्दा करेन्ट लागेको थियो। स्थानीय मुकेश यादवले बताएअनुसार, घटनास्थलमा नै उनको मृत्यु भएको हो।
यो दु:खद घटनाले सिम्रौनगढ नगरपालिका र पचरौता नगरपालिकाका बासिन्दाहरूलाई गहिरो शोकमा डुबाएको छ। दुइटा नौजवान जीवनको अचानक अवसानले सम्पूर्ण समुदायलाई स्तब्ध बनाएको छ। स्थानियबासीहरुले दुइ युवाको अकल्पनीय निधनको कारण सुरक्षा मापदण्डको कमी रहेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
दिपक र राकेस दुवै जना आफ्नो-आफ्नो परिवारका आशा र भरोसा थिए। दिपकको परिवारले भने, उनी निकै मिलनसार र मेहनती थिए। आफ्नो पढाइ र कामलाई सँगसँगै अगाडि बढाइरहेका थिए। त्यस्तै, राकेसको परिवारले पनि उनी निकै सहयोगी र परिवारप्रति समर्पित व्यक्तित्व रहेको बताएका छन्। दुइ युवाको अचानक निधनले दुबै परिवारमा अपूरणीय क्षति पुगेको छ।
बारा जिल्लाका जनप्रतिनिधि र स्थानीय प्रशासनले शोक सन्देश व्यक्त गर्दै दुवै परिवारलाई सहयोग र सहानुभूति प्रकट गरेका छन्। यस दुःखद घटनाले सबैलाई सचेत रहन र विद्युतीय काम गर्दा आवश्यक सुरक्षा मापदण्ड अपनाउन जोड दिएका छन्। समुदायमा यस्तो घटनाको पुनरावृत्ति रोक्नका लागि सम्बन्धित निकायहरुले आवश्यक कदम चाल्ने आवश्यकता देखिन छ ।