बीरगंज । बलिराम श्रीवास्तव । बारा जिल्लामा बिशेषगरि प्रहरीचौकी छत्वा र बरैनिया कानाकाबाट ब्यापक रुपमा तस्करी शुरु भएको छ । पर्सा जिल्लाका नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखहरुले तस्करीमा कडाई गरेपछी तस्करहरुले छिमेकी जिल्ला बाराबाट ब्यापक रुपमा तस्करी शुरु गरेका हुन । बारा जिल्लामा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा दैनिक पचास लाख रुपैया भन्दा बढी अबैध सामानहरु भन्सार छलेर तस्करहरुले बारा नाकाहरुबाट नेपाल भित्रयाउने गरेकाछन । ससस्त्र प्रहरी बरैनिया बिओपी प्रमुख को सेटिङमा अवैध धन्दा फस्टाएको छ ।
बारा जिल्लाको नेपाल भारतको सिमामा पर्ने विभिन्न नाका मटिअर्वा, छात्वा मुसहर्वा, सिम्रौनगढ, लगायतका नाकाहरुबाट अवैध रुपमा लत्ता कपडा, सुर्ती, रजनीगंधा, राजनिवास गुटखा लगायतका सामानहरु तस्करले भारतबाट भन्सार छलेर नेपाल भित्रयाई रहेकाछन भने सो नाका हुदै नेपालबाट भारत तर्फ मरिच, मटर ( केराउ) छोकडा लगायतका सामानहरु बारा प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी हुने गरेको स्थानियहरुले बताएकाछन ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक र सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटर बीरगंजका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक ले पर्साको बीरगंज नगर क्षेत्र आसपास लगायत जिल्लामा तस्करीको लाईन बन्द गरेपछी तस्करहरुले अहिले बाराका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई ठूलो रकम दिएर खुल्लम खुल्ला रुपमा तस्करी शुरु गरेको बाराका स्थानियहरु बताउछन् ।
बारामा ब्यापक ठूलो मात्रामा तस्करी शुरु भएकै कारण बीरगंज भंसार कार्यालयको राजश्व संकलन लक्ष्य पुरा हुन नसकेको बीरगंज भन्सार कार्यालयका कर्मचारीहरुले दावी गरेकाछन । बाराबाट तस्करी ठूलोमात्रामा संचालन भएपनी नेपाल प्रहरीका प्रदेश नम्बर २ का डिआईजी र सशस्त्र प्रहरीका प्रदेश नम्बर २ का डिआईजीले यसलाई नियन्त्रण गर्न नस्कनुकोले पनि मिलेमतो हुने सक्ने स्थानिबासी बताउछन् ।