• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मिटरब्याजी करवाले १२ वर्षमा जोडे २९ कित्ता जग्गा, एकै दिन आधा दर्जन पास

  • वीरगंज संजाल
  • १३ श्रावण २०८१, आईतवार १३:४९
  • १२४५

    विराटनगर । मिटरब्याजीको आरोप लागेका विराटनगर ७ का एक व्यक्तिले १२ वर्षमा मोरङ जिल्लामा मात्रै २९ कित्ता जग्गा जोडेको पाइएको छ । जसको मूल्य करोडौं रुपैयाँ पर्छ । मोरङ कटहरी गाउँपालिका २ घर भई हाल विराटनगर महानगरपालिका ७ स्थायी बसोबास भएका ५३ वर्षीय सञ्जयकुमार करवाले १२ वर्षमै करोडौं रुपैयाँको सम्पत्ति जोडेका हुन् । उनको यो सम्पत्ति आर्जन अस्वाभाविक देखिन्छ ।

    मिटरब्याजमा पैसा लगानी गर्ने र दर्जन बढीलाई उठिबास लगाएको आरोप करवालाई लाग्ने गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङ स्रोतले पनि मिटरब्याजको एक नम्बर लगानीकर्ता उनै करवा भएको निष्कर्ष निकालेको छ । ‘विराटनगरका अशोक साहले धेरैलाई मिटरब्याजमा पैसा लगाएर पीडित बनाएको छ । सानातिना मानिसहरूको घर जग्गा उसले हडपेको देखिन्छ,’ जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले भने, ‘विराटनगरकै मिटरब्याजको धन्दामा लागेका अर्का व्यक्ति हुन् सञ्जयकुमार करवा । यी मान्छे खतरनाक छन् ।’

    करवाले विराटनगर महानगरपालिकाभित्र मात्रै १२ वर्षमा १३ कित्ता जग्गा जोडेका छन् । उनको कटहरी र विराटनगरमा पनि घर रहेको छ । भूमिसुधार तथा मालपोत कार्यालय विराटनगरका अनुसार उनको नाममा मोरङ जिल्लाभरी २९ कित्तामा ३ बिघा १८ कट्ठा १६.३६ धुर जग्गा देखिएको छ । उक्त जग्गा विराटनगर, कटहरी, सुनवर्षी नगरपालिका भित्र करोडौं रुपैयाँ पर्ने जग्गा छन् ।

    उनले यति जग्गा जोडेको २०६६ साउन ८ गतेदेखि २०७८ चैत ८ गतेसम्ममा हो । त्यसअघि र त्यसयताको विवरण भने यहाँ उल्लेख गरिएको छैन । २०६६ साउन ८ गते एकै दिन उनले कटहरीको कित्ता नम्बर ४१४, ४१७, ४९ र ५० का जग्गा राजीनामा पास गराएर आफ्नो नाममा ल्याएका छन् । यस्तै २०७० जेठ १६ गते उनले एकै दिन मोरङको जतुवामा रहेको कित्ता नम्बर २६८, २६९, २७०, २८०, २७९, २१३ नम्बरकाका जग्गा आफ्नो नाममा ल्याएको देखिन्छ । यस्तै २०७१ साल जेठ ७ गते तीन वटा कित्ता तथा २०७८ चैत ८ गते एकै दिन तीनवटा कित्ता उनले आफ्नो नाममा ल्याएका छन् ।

    ऋणका लागि राजीनामा, फिर्ता आएन

    रिना कुमारी बहरदारको नाममा रहेको सुनवर्षी नगरपालिका ४ को साबिक कित्ता नं. ६५२, ६३८, ६४२, ६७३, ६४८ र विराटनगर ८ मा रामकाजी दासकी श्रीमती नुतन कुमारी दासको नाममा रहेको ३६०९ कित्ता नम्बरको २ बिघा जग्गा करवाले २०६८ मङ्सिर १६ गते एकै दिन राजीनामा पास गर्न लगाए । त्यसबाहेक पनि करवाले सोही दिन टकुवा मोरङको कित्ता नं. ३५ को जग्गा पास गराएको रेकर्डमा देखिन्छ ।

    रिनाका श्रीमान् जगेन्द्र बहरदार र रामकाजी दासले घर व्यवहार मिलाउन भन्दै २०६८ सालमा करवाको नाममा २ बिघा जग्गा राजीनामा पास गराएर चार लाख १० हजार रुपैयाँ ऋण लिएका थिए । तीन रुपैयाँ ब्याजले लिएको ऋण उनीहरुले २०७३ सालसम्ममा करवालाई ३२ लाख रुपैयाँ बुझाए । करवाले अझै ३६ लाख दिएमात्रै जग्गा फिर्ता गरिदिने बताउँदै आएका छन् ।

    ‘चार लाखको ब्याज र सावा गरेर ३६ लाख भन्दा बढी रकम करवालाई बुझाइसक्यौँ । अझै ३६ लाख दिएपछि मात्रै जग्गा फिर्ता दिन्छु भन्दै आएका छन् । हामीसँग भएको सबै पैसा बुझाइसक्यौँ । तर, करवासँग लिएको ऋण अझै सकिएको छैन,’ राजेन्द्रले भने, ‘जग्गा फिर्ताको लागि धेरै ठाउँमा गएर हारगुहार गरिसक्यौं । तर, कतैबाट सुनवाइ भएको छैन ।’

    करवाको मिटरब्याजको जालोमा परेर बिचल्लीमा परेका अर्का पीडित हुन् विराटनगर–१० का ६४ वर्षीय गजेन्द्रप्रसाद साह । १४ वर्ष अगाडि लिएको २५ लाखको ब्याज १ करोड १२ लाख रुपैयाँ तिरिसक्दा पनि अझै ३ करोड रुपैयाँ मागेपछि उनी बिचल्लीमा परेका छन् । मिटरब्याजीले भनेजति पैसा नदिएपछि उनको घर खाली गर्न उर्दि आउने गरेको छ । करवासँग उनले विराटनगर १० मारहेको कित्ता नं. १३३७-६९५ को १ कट्ठा साढे १८ धुरमा बनेको एक तले घर अनिता कुमारी साहको नाममा राजीनामा गरेर १२ असोज २०६७ मा २५ लाख रुपैयाँ लिएका थिए ।

    २५ लाखको ब्याज र सावा गरी उनले अहिलेसम्म १ करोड १२ लाख रुपैयाँ बुझाइसकेको दाबी गर्छन् । अझै ३ करोड रुपैयाँ करवाले माग्ने गरेको उनको भनाइ छ । साहको उक्त जग्गा र घर अहिले अनिता कुमारीको नामबाट करवाको नाममा सरेको छ । करवाले भने अनिता कुमारी साहसँग जग्गासहितको घर २६ लाख ११ हजार रुपैयाँ खरिद गरेको बताउने गरेका छन् ।

    ‘ऋण तिर्दातिर्दै भएको सम्पत्ति सबै रित्तियो । तर ऋण अझै बाँकी छ भन्न साहुले कहिल्यै छोडेनन्,’ पीडित साहले भने, ‘२५ लाख ऋण लिएको हो । अहिलेसम्म १ करोड १२ लाख तिर्दासमेत ऋण चुक्ता भएन ।’

    जिल्ला प्रशासन कार्यालय मोरङमा मिटरब्याजका ९९८ वटा निवेदन परेका छन् । अहिलेसम्म १०३ वटा निवेदनको मात्रै सुनुवाइ भएको छ । जसमा विराटनगरका मात्रै मिटरब्याजी विरुद्धका निवेदन २ सय ८६ वटा छन् । यस्तै मोरङको सुनवर्षी, रंगेली, जहदा र ग्रामथान गाउँपालिकाका मिटरब्याजीले ठगेको निवेदनहरू पनि उल्लेख्य छन् ।
    ताकेता गरेर हैरान बनाएपछि उनले २०७९ जेठ ५ गते जिल्ला प्रशासन कार्यालय मोरङमा कावरविरुद्ध मिटरब्याजमा उजुरी दिएका छन् । सो उजुरी अहिले विचाराधीन छ । चलनचल्तीको ऋण भनेर लिएको रकम अहिले बल्ल आफू ‘मिटर ब्याज’को जालोमा जेलिएको थाहा पाएको बताए ।

    अकुत सम्पत्ति आर्जन गरेको उजुरी परे प्रहरी थप अनुसन्धान गरेर सम्पत्ति शुद्धीकरण विभागलाई पत्राचार गर्न सकिने मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए । ‘प्रमाण सङ्कलन गरेर थप कारबाहीको लागि सम्पत्ति शुद्धीकरण विभागमा पठाउन सकिन्छ,’ उनले भने । यता सञ्जयकुमार करवाले मिटरब्याजमा आफूले लगानी नगरेको दाबी गरे । उनले दाबी गरेपनि पुष्टि हुने कुनै आधार पेस गरेनन् । ‘नियमअनुसार चलन चल्ती अनुसार ब्याजमा ऋण दिने गरेको भने हो,’ उनले भने ।

    जिल्ला प्रशासन कार्यालय मोरङमा मिटरब्याजका ९९८ वटा निवेदन परेका छन् । अहिलेसम्म १०३ वटा निवेदनको मात्रै सुनुवाइ भएको छ । जसमा विराटनगरका मात्रै मिटरब्याजी विरुद्धका निवेदन २ सय ८६ वटा छन् । यस्तै मोरङको सुनवर्षी, रंगेली, जहदा र ग्रामथान गाउँपालिकाका मिटरब्याजीले ठगेको निवेदनहरू पनि उल्लेख्य छन् ।

    जहदा १ का सन्तोष कुमार यादवको विरुद्धमा जिल्ला प्रशासन कार्यालयमा ११ वटासम्म निवेदन छन् । विराटनगर १५ का ताराचन्द्र साह सुडीको नाममा ५ वटा निवेदन छन् । यस्तै विराटनगर ११ का जितेन्द्रकुमार यादवको नाममा ५, पथरी ९ का इन्द्रकुमार लिम्बूको नाममा ४, जहदा १ की अञ्जुदेवी यादवको नाममा ६ वटा मिटरब्याजी विरुद्धका निवेदन छन् ।

    इटहरी ४ का सुमन परियारको नाममा ३ वटा, यस्तै रंगेली १ का सुधारु राजवंशीको नाममा २ वटा निवेदन छन् । विराटनगर ३ का सुदिपराज भण्डारीको नाममा २ वटा निवेदन छन् । विराटनगर ९ का सञ्जयप्रसाद रौनियारको नाममा २, विराटनगर १० का सञ्जयकुमार करवाको नाममा पनि दर्जनबढी मुद्दा छन् । जहदा ४ का मनोज सिंह कोइरीका ५ वटा निवेदन छन् । विराटनगर १८ का बब्लु यादवको २ वटा निवेदन छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ
  • लागूऔषधसहित युवक रौतहटमा पक्राउ
  • बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद
  • चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    नबिल बैंकको सहयोगमा त्रिजुद्ध प्राविधिक विद्यालयलाई १० थान पंखा

    ‘सर्वसुलभ तरिकाले खानेपानी सबै माझ पुर्‍याउँछाैं’

    मधेस सरकारको बजेटमाथि जनमत असन्तुष्ट, सरकारको नेतृत्व छाड्न सक्ने !

    भारतबाट उद्धार गरिएका युवक भन्छन्: ‘तालिमको नाममा पैसा लुटे, कोठामा थुनेर पिटे’

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    News

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    News

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    News

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    News

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑