• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सामूहिक बलात्कारको २२ दिनपछि तीन जनामाथि मुद्दा

  • वीरगंज संजाल
  • १३ श्रावण २०८१, आईतवार १३:४२
  • १०१७

    रौतहट । रौतहटको गुजरा नगरपालिकामा एका दलित बालिकामाथि सामूहिक बलात्कार भएको घटनामा लामो समयपछि प्रहरीकोमा मुद्दा दर्ता भएको छ। केही जनप्रतिनिधिले लेनदेनको भरमा मुद्दा मिलाउने चलखेल गरेका कारण घटनाको २२ दिन पछि मात्र मुद्दा दर्ता भएको हो।

    गुजारा नगरपालिकाकी उपमेयर रत्ना लामाको पहल र जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा आरोपी विरुद्ध इलाका प्रहरी कार्यालय गरुडामा गत ७ गते मुद्दा दर्ता भएको हो । पीडित र पीडक गुजराको भएपनि घटनास्थल कटहरिया भएकाले उक्त मुद्दा गरुडामा दर्ता भएको प्रहरीले जनाएको छ।

    आरोपीहरू गुजरा ४ कनकपुर गाउँका वर्ष २० का शेख ईञ्जमाम, वर्ष २१ का शेख मुस्ताक र वर्ष २५ को दीपेन्द्र कुमार दासविरुद्ध जबरजस्ती करणी लगायतको मुद्दा दर्ता भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्।

    पीडित बालिकाको स्वास्थ्य परीक्षण समेत भएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइनुका साथै घटना बारे थप अनुसन्धान भइरहेको प्रवक्ता गिरीले जानकारी दिइन् ।

    घटना विवरण अनुसार आरोपी मध्ये एकजनाले गुजरा ४ कनकपुर गाउँकी १७ वर्षीय एक दलित बालिकालाई विभिन्न प्रलोभन दिई गत असार १५ गते दिउँसो कटहरिया २ कनकपुर जमुनिया गाउँबिचको चौरमा लागेका थिए।

    पहिल्यै देखि त्यहाँ लुकिबसेका अन्य दुई आरोपीसहित तीनैजनाले बलपूर्वक दलित बालिकालाई पालै पालो बलात्कार गरी मोबाइल फोनबाट भिडियो समेत बनाएका थिए।

    घटनाको बारेमा पीडित बालिकाले आफ्नो परिवारमा जानकारी गराए पछि स्थानीय निकायका केही जनप्रतिनिधि र केही राजनीतिक दलका नेताहरुले उसको परिवारमाथि दिएको दवाबको कारण घटना बाहिर आउन सकेन।

    भित्रभित्रै लेनदेनको भरमा सामूहिक बलात्कार जस्तो जघन्य अपराधलाई मिलाउने चलखेल सुरु भएको थियो। पीडित परिवारमाथि दिएको विभिन्न धाक धम्कीको कारण उनीहरू प्रहरी सामु पनि जान सकेका थिएन ।

    घटनाको २० दिन पछि गुजरा नगरपालिकाकी उपमेयर रत्ना लामा घटनाबारे जानकारी पाएर पीडितको घरमा पुगेर उनीहरूलाई हौसला दिँदै घटनाबारे एसपी घिमिरेलाई जानकारी गराएकी थिइन्।

    लगत्तै एसपी घिमिरेको निर्देशनमा पीडित परिवारले पीडकविरुद्ध इलाका प्रहरी कार्यालय गरुडामा लिखित जाहेरी दरखास्त दिएको थियो।

    जाहेरीसँगै एसपी दिलीप घिमिरे, इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वाती, इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर इन्द्रमणि अधिकारी आफै फिल्डमा खटेर कानुनी कारबाही प्रक्रिया अगाडि बढाएको गुजराकी उपमेयर लामाले जानकारी दिएकी छिन्।

    एसपी घिमिरेले यस्तो जघन्य अपराधलाई लेनदेनको भरमा टुङ्गो लगाउने कार्य आफैमा अपराध भएको बताएका छन्। उनले यस्तो कार्य गर्ने जोसुकै भएपनि कडा भन्दा कडा कारबाही हुनुपर्ने बताएका छन्।आरोपी तीनैजना हाल फरार रहेकाले उनीहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ
  • लागूऔषधसहित युवक रौतहटमा पक्राउ
  • बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद
  • चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    नबिल बैंकको सहयोगमा त्रिजुद्ध प्राविधिक विद्यालयलाई १० थान पंखा

    ‘सर्वसुलभ तरिकाले खानेपानी सबै माझ पुर्‍याउँछाैं’

    मधेस सरकारको बजेटमाथि जनमत असन्तुष्ट, सरकारको नेतृत्व छाड्न सक्ने !

    भारतबाट उद्धार गरिएका युवक भन्छन्: ‘तालिमको नाममा पैसा लुटे, कोठामा थुनेर पिटे’

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    News

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    News

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    News

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    News

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑