प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) निकट आम सांकृतिक महासंघको विस्तारित केन्द्रिय बैठक भोलि शनिबार बैठक आह्वान गरेको छ।पछिल्लो विकसित राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल र आवश्यक निर्णय लिन आम सांस्कृतिक मोर्चाले साउँन १२ गते काठमानडौ स्थित अनामनगर तमु बुद्ध पार्टी प्यालेसमा बैठक आह्वान गरेको हो।
आम सांस्कृतिक मोर्चाका केन्द्रिय ईन्चार्ज विजय यादव निर्विजले भने देश संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको र राजनीतिक अस्थिरता कायमै रहेको दाबी गरे। सरकार-सरकारबीच द्वन्द्वको अवस्था रहँदा जनता भने निराश रहेको उनको भनाइ छ। प्रमुख पार्टीका नेताहरू अनिर्णयको बन्दी भई खुलेआम भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै उनले देशको आर्थिक अवस्था दयनीय अवस्थामा पुगेको जिकिर गरे।
बजारमा पैसाको हाहाकार छ। एकातिर देशबाट बर्सेनि खर्बौं पुँजी वर्तमान संकटको प्रमुख कारण विद्यमान शासन व्यवस्था र मुख्यतः दलतन्त्र भएको उल्लेख गर्दै साहले यसको विकल्प खोज्न जरुरी भइसकेको बताए।
यी र यस्ता संकटको समीक्षा तथा वर्तमान व्यवस्था र नेतृत्वको विकल्पबारे आम सांस्कृतिक मोर्चाका आधिकारिक धारणा तथा ठोस योजना निर्माणको लागि बैठक आह्वान गरिएको उनको भनाइ छ।