• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गोरखामा २ करोडको बाख्रा पालन हुने

  • वीरगंज संजाल
  • ११ श्रावण २०८१, शुक्रबार १२:२२
  • ६७७

    वीरगंज । यो वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत गण्डकी प्रदेश सरकारले निर्माणाधीन मध्यपहाडी लोकमार्ग लक्षित योजना अघि सारेको छ । बढ्दो बसाइसराइ र अव्यवस्थित सहरीकरण रोक्न सरकारले कोरिडोर क्षेत्रमै आय आर्जनका कार्यक्रम लैजान लागेको हो ।

    मध्यपहाडीसँग जोडिएका गोरखाका स्थानीय तहमा बाख्रा पालन कार्यक्रमलाई यो वर्ष अभियानका रुपमा सञ्चालन गरिने नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले जानकारी दिए ।

    ‘हाम्रा विकास आयोजनाहरू जनजीविकासँग जोडिन सकेका छैनन् । लोकमार्ग बनेपछि गाडी गुडाउने मात्रै होइन,’ उनले भने, ‘आसपासमा कृषि उत्पादन गर्न सकियो भने आयआर्जन बढ्छ । अहिलेको बजार बाख्रामा भएकोले हामीले बाख्रा केन्द्रित कार्यक्रम सुरु गर्न लागेका हौं । असार १ गते प्रस्तुत गरिएको बजेटबाट यो कार्यक्रमका लागि २ करोड विनियोजन गरिएको छ । कोरिडोर केन्द्रित कार्यक्रम भएकोले जिल्लामा बाख्रा लक्षित कार्यक्रम बढेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले जनाएको छ ।

    कार्यालय प्रमुख शर्मिला कुमालले जिल्लामा बाख्रा पालनका लागि उपयुक्त हावापानी भएकोले व्यावसायिक उत्पादन गर्न सकिने बताइन् । प्रदेश सरकार मार्फत बाख्रा स्रोत केन्द्र स्थापनाका लागी ८० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । मध्यपहाडी लोकमार्गसँग जोडिएका पालुङटार, सिरान्चोक, भीमसेन थापा, बारपाक सुलिकोट र आरुघाटमा स्रोत केन्द्र निर्माण हुनेछ । अन्य पालिकामा थप ३० लाख विनियोजन भएको उनले जानकारी दिइन् ।

    ‘कोरिडोरको पायक पर्ने ठाउँमा स्रोत केन्द्र बन्छ । स्रोत केन्द्रमा किसानहरूको आवश्यकता अनुसार उन्नत जातका बाख्राहरू गर्छौँ,’ उनले भनिन्, ‘सँगै घाँसको स्रोत केन्द्र र नर्सरी पनि निर्माण गरिन्छ ।’ घाँस नर्सरी र स्रोत केन्द्र बनाउन २६ लाख छुट्टै विनियोजन गरिएको छ । सरकारले उत्पादनमा आधारित अनुदान कार्यक्रम पनि जोडेको छ । खसी बोकाको मासु बेच्दा अनुदान दिन १० लाख विनियोजन भएको छ ।

    ‘धेरै शीर्षकहरुमा बजेट छ । सरकारले कोरिडोर लक्षित कार्यक्रमलाई २ करोड नै विनियोजन गरेको हो,’ उनी भन्छिन्, ‘अहिले किताबमा स्रोत केन्द्र स्थापनाका लागि भनेर उल्लेख गरिएको छ । त्यसबाहेक बच्चा वितरण, बोका वितरण गर्छौँ । धेरै शीर्षकमा रकम छ ।’ सहजकर्ता समेत राख्ने गरी तयारी भइरहेको उनले सुनाइन् । स्रोत केन्द्र चाहिँ किसानको मागका आधारमा अनुगमन गरेपछि उपयुक्त ठाउँमा स्थापना हुने कुमालले जानकारी दिइन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ
  • लागूऔषधसहित युवक रौतहटमा पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    नबिल बैंकको सहयोगमा त्रिजुद्ध प्राविधिक विद्यालयलाई १० थान पंखा

    ‘सर्वसुलभ तरिकाले खानेपानी सबै माझ पुर्‍याउँछाैं’

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    News

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    News

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑