• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एक वर्षमा ३४ करोड बढीकाे सामान बरामद, ७९ जना पक्राउ

  • वीरगंज संजाल
  • ९ श्रावण २०८१, बुधबार १२:२०
  • ११३७

    वीरगञ्ज । सशस्त्र प्रहरीले गत आर्थिक वर्ष २०८०/८१ मा ३४ करोड बढीको अवैध सामग्री बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले १९ करोड १६ लाख ९६ हजार ९७५ रुपैयाँ बराबरको अवैध निकासी र पैठारी भएका सामान तथा सवारी साधन आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ।

    सशस्त्र प्रहरी बल पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) देबेन्द्र सिंहका अनुसार १४ करोड ८९ लाख ४८ हजार ५५६ रुपैयाँ बराबरको सामग्री वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ। डिएसपी सिंहले यात्रा डेलीलाई उपलब्ध गराएको वार्षिक प्रगति प्रतिवेदनअनुसार सशस्त्र प्रहरीले यस आर्थिक वर्षमा जम्मा ३४ करोड २७ लाख ७८ हजार ३१३ रुपैयाँ बराबरको अवैध निकासी तथा पैठारी भएका सामान तथा सवारी साधन बरामद गरेको छ।

    सोही अवधिमा सशस्त्र प्रहरीले ६० लाख ३० हजार ९८५ रुपैयाँ नगद पनि बरामद गरेको छ। पर्सा जिल्लाका विभिन्न स्थानबाट एक वर्षको अवधिमा स्रोत नखुलेको रकम बरामद गरिएको डिएसपी सिंहले बताए। उनका अनुसार १४ लाख ७४ हजार ४८० रुपैयाँ भारतीय नगद पनि बरामद गरिएको छ। नगदसहित १५ जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

    पर्साका विभिन्न स्थानबाट ४० लाख ९३ हजार ३५५ रुपैयाँ बराबरको १,५५४ क्युबिक फिट काठ पनि सशस्त्र प्रहरीले बरामद गरेको छ।

    बितेको आर्थिक वर्षमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागुऔषध पनि बरामद गरेको छ। एक वर्षमा २२६ किलो गाँजा, १ किलो चरेश, ९६९ पीस डाइजापाम, ८७९ पीस फेनार्गन, ९९७ पीस नुर्फिन, २४८ पीस नाइट्रोभेट, ४ दशमलव ३७ ग्राम ब्राउनसुगर, र १५ हजार २६ पीस ट्रमाडोलसहितका प्रतिबन्धित औषधीहरू बरामद गरेको डिएसपी सिंहले जानकारी दिए।

    सशस्त्र प्रहरीले गत वर्षको साउन १ गतेदेखि यस वर्षको असार ३१ गतेसम्म ७९ जनालाई पक्राउ गरेको छ। अवैध काठसहित तीन जनालाई, बालुवा/ट्याक्टरसहित एक जनालाई, मानव तस्करी तथा ओसारपसारमा संलग्न १५ जनालाई, अवैध निकासी तथा पैठारीका सामानसहित १९ जनालाई र लागुऔषधसहित २६ जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले बताए।

    पर्सा जिल्लाका विभिन्न स्थानमा रहेका सशस्त्र प्रहरी युनिट तथा गुल्महरूको सक्रियता प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले प्रशंसा गरेका छन्। सीमा सुरक्षासँगै राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र प्रहरीले सक्रियपूर्वक काम गरिरहेको उनको भनाइ छ। खुला सीमानाले केही चुनौती थपिए पनि सिमित स्रोत साधन र अपर्याप्त जनशक्तिका बाबजुद राम्रो प्रतिफल आउने गरी काम भइरहेको उनको प्रतिक्रिया छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ
  • लागूऔषधसहित युवक रौतहटमा पक्राउ
  • बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    नबिल बैंकको सहयोगमा त्रिजुद्ध प्राविधिक विद्यालयलाई १० थान पंखा

    ‘सर्वसुलभ तरिकाले खानेपानी सबै माझ पुर्‍याउँछाैं’

    मधेस सरकारको बजेटमाथि जनमत असन्तुष्ट, सरकारको नेतृत्व छाड्न सक्ने !

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    News

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    News

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    News

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑