• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ढलमा भेटिएको पोलियो भाइरसबाट जोगाउन उपत्यकाभर खोप अभियान

  • वीरगंज संजाल
  • ९ श्रावण २०८१, बुधबार ११:४४
  • ६९३

    वीरगंज । नेपालमा १३ वर्षपछि पोलियो रोग देखा परेको छ । मानिसमा नभएर वातावरणमा मात्रै देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय प्रस्टाएको छ ।

    सन् २०१० यता नेपालमा वातावरण वा मानिसमा पोलियो देखिएको थिएन । तर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले काठमाडौँको टुकुचा– बागमती सङ्गम नजिकको ढलबाट गत जेठ १३ गते नमुना सङ्कलन गरेको थियो । सो नमुना परीक्षण गर्दा ‘भ्याक्सि डेरिभ्ड पोलियो भाइरस–टाइप ३’ फेला परेको थियो ।

    यो भाइरस वातावरणमा मात्रै रहेको सरकारी निकायको दाबी छ । पुनः सोही स्थानबाट जेठ २२ गते नमुना सङ्कलन गरिएको थियो । सोही ढलको नमुना परीक्षणमा सो भाइरस फेला नपरे पनि अरू ढलमा मिसिन सक्ने सम्भावना रहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । ‘भ्याक्सि डेरिभ्ड पोलियो भाइरस–टाइप ३’ जोखिमबाट जोगिन काठमाडौँ उपत्यकामा विशेष पोलियो खोप अभियान आज देखि १२ गते सम्म सञ्चालन गरिने उनले उल्लेख गरे । ‘पोलियो खोप नलगाएका, रोग प्रतिरोध क्षमता कमजोर भएकालाई वातावरणमा देखिएको पोलियो भाइरसको जोखिम हुनबाट जोगाउन काठमाडौँ उपत्यकामा पोलियो खोप अभियान सञ्चालन गरिने भएको हो ।’

    विश्व स्वास्थ्य सङ्गठनले पोलियो रोग सन् २०२६ सम्ममा उन्मूलन गर्ने लक्ष्य लिएको छ । पोलियो रोग उन्मुलन गर्न करिब दश वर्षसम्ममा वातावरण र मानिसमा पोलियो भाइरस नदेखिएको हुनुपर्ने प्रवक्ता बुढाथोकीको भनाई छ । ‘हाम्रोमा पोलियो उन्मुलन हुनका लागि १० वर्ष मान्छे र वातावरणमा देखिनु हुन्न,’ उनले भने, ‘उन्मुलनको चरणमा थियो, बागमती–टुकुचाको ढलमा मिसिएको देखियो । वातावरणमा छ । तर मान्छेमा छैन ।’

    बागमती–टुकुचामा देखिएको ‘भ्याक्सि डेरिभ्ड पोलियो भाइरस–टाइप ३’ ललितपुर वा भक्तपुरको ढलमा पनि देखिन सक्ने सम्भावना रहेकोले सोबाट जोगाउन उपत्यकाभर नै पोलियो खोप अभियान सुरु गरिएको हो ।

    मुखबाट दिइने पोलियो विरुद्धको खोप (ओ.पि.भी. खोप) मा रहेका भाइरस मुखबाट मानिसको आन्द्रामा पुगेर वृद्धि भई पोलियो रोग विरुद्ध प्रतिरोध क्षमता विकास गरेकाले दशक बढी पोलियो भाइरस देखिएन । तर कहिलेकाहीँ आन्द्रामा पुगेर वृद्धि हुने क्रममा कुनै भाइरसले अणुवाशिक स्वरूप परिवर्तन गरेर पोलियो रोग सङ्क्रमण गर्न सक्ने स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले बताए । ‘काठमाडौँ उपत्यकाका वडा देखि लिएर सबैले खोप अभियानमा लाग्नु भएको छ,’ उनले भने, ‘नेपाल पोलियो मुक्त नै छ, समुदायमा सङ्क्रमण हुन सक्छ है भनेर नै हामीले खोप अभियान सञ्चालन गर्दै छौँ ।’

    काठमाडौँ उपत्यकाका २ लाख बढी बालबालिकालाई खोप लगाइने

    काठमाडौँ उपत्यकामा विशेष पोलियो खोप अभियान आजबाट सुरु भएको छ। सो अभियान मार्फत २ लाख ८० हजार बालबालिकालाई खोप लगाइने डा. गौतमले बताए । आजदेखि १२ गतेसम्म काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा ५ वर्ष मुनिका बालबालिकालाई खोप लगाइने छ । पोलियोको खोप अभियानमा आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सहभागी गराउन मन्त्रालयको आग्रह छ ।

    पोलियो विरुद्धका खोपहरू कुन उमेरमा लगाउनु पर्दछ ?

    पोलियो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्छ । तर पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा हुन्छन् । त्यसैले, यो रोगबाट सुरक्षित गराउन पाँच वर्षा मुनिका बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार पोलियो खोपहरूको पूर्ण मात्रा लगाउनु पर्ने मन्त्रालयले सुझाएको छ ।

    मुखबाट खुवाइने खोप : ओरल पोलियो भ्याक्सिन – ३ पटक (६ हप्ता, १० हप्ता र १४ हप्ताको उमेरमा )
    सुईबाट दिइने खोप : इनएक्टीभेटेड पोलियो भ्याक्सिन– २ पटक (१४ हप्ता र ९ महिनाको उमेरमा )
    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सन् २०१७ देखि पोलियो रोगका बिरामी तथा वातावरणीय निगरानी गर्ने कार्यहरू गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ
  • लागूऔषधसहित युवक रौतहटमा पक्राउ
  • बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    नबिल बैंकको सहयोगमा त्रिजुद्ध प्राविधिक विद्यालयलाई १० थान पंखा

    ‘सर्वसुलभ तरिकाले खानेपानी सबै माझ पुर्‍याउँछाैं’

    मधेस सरकारको बजेटमाथि जनमत असन्तुष्ट, सरकारको नेतृत्व छाड्न सक्ने !

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    News

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    News

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    News

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑