वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक बाटो, सडक, विद्यालय, सरकारी कार्यालयलगायतका स्थानमा डीजे साउण्ड सिष्टम नबजाउन आग्रह गरेको छ ।
विद्यार्थीहरुको पठनपाठनमा, सरकारी कार्यालयहरुको कामकाजमा असर परेको र ध्वनी प्रदूषणले जनस्वास्थ्यमा प्रतिकूल असर पारेकोले डीजे साण्ड सिष्टमका नबजाउन प्रहरीले आग्रह गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक (डीएसपी) एलिजा गिरीले विज्ञप्तिमा भनिएको छ, ‘ समाजमा मानसिक तथा शारिरीक समस्या उत्पन्न भएको, झै–झगडाका घटनाहरू बढेको, विद्यार्थीहरुको पठनपाठनमा, सरकारी कार्यालयहरुको कामकाजमा असर परेको र ध्वनी प्रदूषणले जनस्वास्थ्यमा प्रतिकुल असर पारेको भनी पटक–पटक व्यापक जनगुनासोहरु प्राप्त भाएको हुँदा चर्को स्वरमा डीजे साउण्ड सिष्टम नबजाउन हुन अनुरोध गरिएको छ । साथै समाजमा प्रतिकूल असर पार्ने खालका डीजे साण्ड बजाएमा कारबाही गर्ने चेतावनी समेत दिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।