• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बेपत्ता यात्रुहरूलाई खोज्न भारतीय गोताखोर असफल

  • वीरगंज संजाल
  • ८ श्रावण २०८१, मंगलवार ११:३३
  • ८४५

    वीरगञ्ज । त्रिशूलीमा दुई बस खस्दा हराइरहेका सालो लक्ष्मीनारायण रायको खबर बुझ्न नारायणी नदी किनारमा चन्द्रकिशोर राय यादव असार २८ देखि नै कुरिबस्छन् । घरी भेटिएका शवमा सालो छ कि भनेर भरतपुर अस्पताल पनि उनी धाउँछन् ।

    भारतबाट समेत गोताखोरसहितको १२ जनाको टोली र नेपालको सशस्त्र प्रहरीको तालिम प्राप्त टोली, नेपाली सेना, नेपाल प्रहरी मिलेर खोजी गरिरहेका छन्, तर पछिल्लो तीन दिनयता खोजी टोलीले न बस न त हराइरहेका यात्रु, केही भेट्न सकेको छैन । सरकारले भेटिने नभेटिने जे भन्छन् त्यही मानेर घर फर्किने निर्णयमा चन्द्रकिशोरपुगेका छन् ।

    घटनाको १२औं दिनसम्म खोज्दा त्रिशूलीमा हराइरहेका ६२ मध्ये २५ जनाको शव भेटिएको छ । बसको नामोनिशान पनि भेटिएको छैन । बाँकी ३७ जनाको पनि अत्तोपत्तो छैन । त्रिशूली र नारायणीमा पानीको बहाव उच्च छ । सीमलतालबाट लेदोसहितको पहिरोले बगाएकै दिनदेखि खोजी कार्य चलिरहेको भए पनि बससँग सम्बन्धित सामग्री एउटा पर्दाबाहेक खोजी टोलीले केही भेटाउन सकेको छैन ।

    चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘भारतबाट आएका १२ जना र नेपालका सुरक्षाकर्मीको टोलीसहित गर्दा करिब ५०० जना उद्धार टोली नदी र किनारामा खोजिरहेको छ, तर तीन दिनदेखि केही भेट्न नसक्दा हराइरहेका यात्रु भेटिने सम्भावना पनि कम भइरहेको हो कि भन्ने लाग्न थालेको छ ।’ तालिम प्राप्त टोली र प्रविधिसमेत हुँदा तीन दिनदेखि केही पनि नभेटिएपछि कति दिनसम्म खोजी गर्ने भन्ने पनि प्रश्न उठ्न थालिसकेको छ ।

    भएसम्म आफन्तको शवसम्म भए पनि पाइए हुने नभए सरकारबाट सम्भावना छैन भन्ने जवाफ पाए आफन्तको सद्गत गर्न हुन्थ्यो भन्ने हराइरहेका यात्रुका आफन्तले भन्न थालिसकेका छन् । तर खोजी कार्य कहिलेसम्म हुन्छ भन्ने जवाफ स्थानीय प्रशासनले समेत दिन सकेको छैन ।

    सरकारको अनुरोधमा केही सामग्री पानीमुनि देखिए रेकर्ड गरेर पछि हेर्न समेत सकिने आधुनिक प्रविधि सोनार क्यामरा लिएर आएका भारतीय टोली सात दिनसम्म खोजीमा संलग्न हुने जनाइएको छ । उनीहरु खोजीको लागि चितवन आएको तीन दिन भए पनि खोजी सुरु आइतबार देखि गरेका थिए । तर पानीको बहाव अत्यधिक भएको कारण खोजीमा समस्या भएको उनीहरुले पनि बताउँदै आएका छन् ।

    चितवनका प्रमुख जिल्ला अधिकारी यादवले यात्रुका आफन्त शवसम्म भए पनि हुन्थ्यो भनिरहेको बताउँछन् । उनले अबको चार दिन अझै भारतीय टोलीसहित खोजी गर्ने त्यसपछि भने मन्त्रालयसँग छलफल गरेरमात्रै निर्णय गर्न सकिने बताए । असार २७ गते भरतपुर– २ ९ सीमलतालमा माथिबाट खसेको लेदोसहितको पहिरोले काठमाण्डुबाट गौर जाँदै गरेको गणपती यातायातको ३६ यात्रु बोकेको बस र वीरगञ्जबाट काठमाण्डु जाँदै गरेको २६ यात्रु बोकेको एञ्जल डिलक्स यातायातको बसलाई एकै पटक त्रिशूलीमा खसाएको थियो ।

    गणपती यातायातमा सवार तीन जनाले भने त्रिशूलीमा पौडिएर ज्यान जोगाएका थिए । बाँकी त्रिशूलीमा हराइरहेका २५ जनाको शव नारायणी किनार, भारतको बिहारको पश्चिम चम्पारणको नदी किनारका विभिन्न स्थानबाट भेटिएको छ । भेटिएकामध्ये दुई जनाको सोमबारसम्म पहिचान हनु नसकेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑