वीरगञ्ज । बाराको कलैया उप-महानगरपालिका-५ घुसुकपुरस्थित हिमानी रेस्टुरेन्ट तथा पार्टी प्यालेसबाट अनैतिक कार्य गराउने होटल संचालक र एक पुरुष पक्राउ परेका छन् भने चार महिलालाई उद्दार गरिएको छ।
विशेष सूचनाको आधारमा, प्रहरीले मंगलबार उक्त होटलमा छापा मारी चार महिला र संचालकसहित एक पुरुषलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा होटल संचालक श्याम सुन्दर प्रसाद यादव रहेका छन् भने पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका-२९ का एक पुरुषको नाम गोप्य राखिएको छ।
प्रहरीले अनुसन्धानका क्रममा पत्ता लगाएको छ कि संचालकले विभिन्न ठाउँबाट महिलाहरुलाई बोलाइ रकमको प्रलोभन दिएर होटलमा वेश्यावृत्तिको कार्य गराउँदै थिए।
बारा जिल्ला प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्र.ना.उ दधिराम न्यौपानेका अनुसार, पक्राउ परेका दुबै जनालाई मानव बेचविखन तथा ओसारपसार सम्बन्धी कसूर मुद्दा दर्ता गरी जिल्ला अदालत बारा, कलैयाबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको छ।
यस घटनाले बारा जिल्लामा मानव बेचविखनको मुद्दालाई गम्भीर रुपमा लिएको छ र प्रहरीको तत्परता र कडा निगरानीका कारण यस्तो गतिविधिमा संलग्न व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याइरहेको स्पष्ट पारेको छ।