वीरगंज | नयाँ कदम नेपालले विरुवा रोपेको छ । बाराको फेटा गाउँपालिका वडा नम्बर १ त्रिबेणी खैरामाई सामुदायिक बनमा विभिन्न प्रजातीका विरुवा रोपिएको हो । वातावरणको संरक्षण गर्ने र हराभरा बनाउने अभिप्रायले संस्थाले विरुवा रोप्ने कार्यक्रमलाई तिव्रता दिएको संस्थाका अध्यक्ष रंजीत पाण्डेयले बताए ।
उनकाअनुसार अमला, जामुन, ग्रिन म्याङ्गो लगायतका विभिन्न प्रजातीका सात सय विरुवा रोपिएको हो । फेटा गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष बिगन दास तात्माले नयाँ कदम नेपालको कदम सह्रानीय रहेको बताए । संस्थाले नाम जस्तै नयाँ कदमको थालनी गर्दै समाज रुपान्तरणमा योगदान दिने विश्वास पनि उनले व्यक्त गरे ।
संस्थाका उपाध्यक्ष मनिषा दुबे, सचिव अनुराधा अधिकारी, कोषाध्यक्ष अजय कुमार तिवारी, सदस्यहरु मोहन दास तत्मा, कृष्णा कुमारी अधिकारी, प्रमेन्द्र राम, अमृता चौधरी, अदिती गुप्ता लगायतको उपस्थितीमा विरुवा रोपिएको हो । नयाँ कदम नेपालले यसअघि पनि बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ४ खुटवा जब्दीका पाँच सय जनालाई अमलाको विरुवा वितरण गरेको थियो ।