वीरगञ्ज | शुक्रबार बिहान चितवनको भरतपुर महानगरपालिका स्थित त्रिशूली नदीमा बगेर दुईवटा यात्रुबाहक बस बेपत्ता भएकोमा तीन जना बाँच्न सफल भएका छन्।
काठमाडौँबाट गौर आँउदै गरेको गणपति ट्राभल्सको बस र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बस त्रिशूली नदीमा खसेर बेपत्ता भएको हो।
गौर आउँदै गरेको बसमा सवार दुर्घटनामा बाँच्न सफल भएका रौतहटको देवाही गोनाही नगरपालिकाका एक यात्रुले सँगै भएका चार जना साथीहरु बेपत्ता भएको बताएका छन्।
समाजिक सञ्जालमा अपलोड भएको भिडियोमा उनले आफू पहाड चढेर बाँचेको बताए।
‘पाँच/छ दिनदेखि सामान लिन काठमाडौँ आएको थिए , सँगै भएका चार जना बेपत्ता भए, ‘ उनले भनेका छन्। त्यस्तै सोही भिडियोमा अर्का एक जनाले बाराको कलैया मटिअर्वा घर भएको बताएका छन्।