वीरगंज | जिल्लाको पूर्वीभेग गढिमाई नगरपालिकाको ६ सिंगारमन धर्मपुरमा जन्ति बोकेको भारतीय नम्बरको स्कार्पियो नहरमा खसेर दुईजना जन्तीको मृत्यु भएको छ। पण्डितको छोरी वर्ष ७ की स्वेता पण्डितरहेको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताए ।
घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातीका अनुसार गढीमाई ६ सिङगारमनस्थित भित्रि सडकखण्ड धर्मपुर नहरमा धनहारी गाउँबाट सर्लाहीतर्फ जन्ती बोकी जाँदै गरेको एचआर ७ डी ८३८२ नम्बरको स्कार्पियो गाडी आज बिहान ९ बजे अनियन्त्रित भई नहरमा पल्टिएको थियो ।
उक्त गाडीमा जम्मा १२ जना सवार सवारमध्ये पाँच जना सकुशल रहेको, ३ जना नाम थर वतन नखुलेको स्थानिय अस्पतालतर्फ उपचार गर्न पठाइएको प्रहरीले जनाएको छ। चालक भने फरार भएका छन। दुर्घटनामा काठमाडौं घर भएका वर्ष ५५ को कुल बहादुर श्रेष्ठ र सर्लाही चक्रघट्टा ३ सुन्दरपुर बस्ने रविन्द्र पण्डितको छोरी वर्ष ७ की स्वेता पण्डितलाई गम्भीर अवस्थामा उपचारको लागी प्रादेशिक अस्पताल गौर पठाइएकोमा उनीहरुलाई डाक्टरले मृत घोषणा गरेको डिएसपी त्वातीले जानकारी दिएका छन ।