• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बेलौरीका बाढी प्रभावित परिवार घर फर्कँदै

  • वीरगंज संजाल
  • २७ असार २०८१, बुधबार ११:०८
  • १२५७

    वीरगंज | बेलौरी नगरपालिकामा तीन दिनअघि चौधर नदी र दोदा नदीको बाढी बस्तीमा पस्दा विस्थापनमा परेका परिवार मौसममा क्रमिक रूपमा सुधार आएपछि घर फर्कन सुरु गरेका छन् । डुबानबाट विस्थापनमा परेका एक हजार पाँच सय परिवारमध्ये दुई सय परिवार घर फर्केका छन् ।

    बस्तीमा अझै डुबानकै अवस्था रहँदा एक हजार तीन सय परिवार विद्यालय, सामुदायिक भवन, धार्मिक भवनलगायत सुरक्षित स्थानमा बसेका छन् । विस्थापनमा परेका परिवारलाई नगरपालिकाले खाद्यन्न राहतका रूपमा उपलब्ध गराएको छ ।

    विस्थापित भई सुरक्षित स्थानमा बसेका परिवार बसेको ठाउँमा पुगेर राहत वितरण सुरु गरिएको नगर उपप्रमुख जोगराम चौधरीले बताउनुभयो । “डुबान अझै रहेकाले हिँडेर विस्थापित परिवारसम्म पुग्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “ट्रयाक्टर मार्फत विस्थापित परिवारसम्म पुगेर राहत वितरण जारी राखेका छौँ ।”

    बेलडाँडीको इमलियास्थित निर्माण गरिएको माटोको बाँध भत्केर चौधर नदी नगरपालिकाको वडा नं १० को कुण्डा, बन्दाजाला, भुडा, भुडागौँडी, सडकघाट, शिवनगर वडा नं ८ को कानपुर, पिसिएन टोल, कलकत्ता, कलकत्ता बजार, पचुँइको पश्चिम टोलमा पसेको थियो । वडा नं ७ का १० घर र वडा नं २ का सात घर डुबानमा परेका थिए ।

    यसैगरी, वडा नं ५ को रामनगरमा दोदा नदीको बाढीको पानी पस्दा स्थानीय बासिन्दा डुबानमा परेका थिए । बाढी अझै नघटेकाले धेरै विस्थापित परिवार सुरक्षित स्थानमा बसिरहेका छन् । घरभित्र अन्न भण्डारणका लागि राखेका माटोका भकारी ९डेहरी० बाढीको पानीले भिजाउँदा फुटेका छन् । भकारी फुट्दा पूरै अन्न भिजेर कामै नलाग्ने भएको नगरउपप्रमुख चौधरीले बताउनुभयो । “भकारी फुट्दा केही अन्न भिजेर उम्रिने अवस्थामा पुगेको छ भने केही अन्न बाढीको पानीले बगाएको छ”, उहाँले भन्नुभयो । यसबाट आदिवासी जनजाति थारू समुदाय बढी प्रभावित भएका छन् । वर्षभरिका लागि खान राखेको अन्न पूरै बाढीको पानीमै विलिन भएपछि भोकमरीको अवस्था सृजना भएको उहाँले बताउनुभयो ।

    धान, गहुँ, मकै, तोरी, केराउ, मुसुरो, चनालगायत अन्नसँगै घरभित्र दैनिक खानका लागि राखिएको चामल, पिठोलगायत बाढीको पानीले भिजाउँदा कामै नलाग्ने भएको छ । डुबान क्षेत्रमा सरुवा रोगको सङ्क्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गरी दातृ सङ्घसंस्थासँग मद्दतका लाग गुहार मागिएको उपप्रमुख चौधरीले बताउनुभयो । स्वास्थ्य शाखाबाट पनि स्वास्थ्यकर्मीको टोलीलाई सतर्क अवस्थमा राखिएको छ । बेलडाँडी गाउँपालिका र दोधारा चाँदनी नगरपालिका बाढी प्रभावित परिवार पनि मौसममा सुधार हुन थालेपछि घर फर्कन थालेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न
  • सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता
  • परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान
  • गीत बजाएको आरोपमा १४ जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    बेल जुस उत्पादन गर्दै सामुदायिक वन

    उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    News

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    News

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    News

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    News

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑