• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेश प्रदेशमा मन्त्रालय बाँडफाँटबारे कांग्रेस र लोसपाको आ-आफ्नै अडान

  • वीरगंज संजाल
  • २५ असार २०८१, सोमबार ११:१९
  • ८५३

    वीरगञ्ज । मधेश प्रदेशमा हालैको सत्ता समीकरण फेरबदलपछि नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनले नयाँ सरकार गठनको तयारी गरेको छ। यो गठबन्धनको कार्यान्वयनसँगै माओवादी केन्द्रसहितको एमाले गठबन्धन भत्किएको छ। मुख्यमन्त्री सतीशकुमार सिंहले कांग्रेस र एमालेको समर्थनमा विश्वासको मत प्राप्त गरेका छन्।

    कांग्रेस, एमाले र लोसपा नेपालले नयाँ सरकार गठन गर्न मन्त्रालय बाँडफाँटमा छलफल जारी राखेका छन्। कांग्रेसले चार मन्त्रालय र लोसपाले दुई मन्त्रालयको अडान राखेपछि मुख्यमन्त्री सिंहले निर्णय गर्न सकिरहेका छैनन्। कांग्रेसले चारवटा मन्त्रालय पाएको भन्दै मन्त्रीहरुको नामसमेत टुंगो लगाएको छ। जनार्दनसिंह क्षेत्री, सुनिल यादव, शेषनारायण यादव र कौशलकिशोर राय कांग्रेसका तर्फबाट सम्भावित मन्त्रीको सूचीमा छन्।

    लोसपाले दुई मन्त्रालय पाउनु पर्ने अडान लिएको छ। महासचिव परमेश्वर साहले लोसपाका तर्फबाट रानी कुमारी तिवारी र जैनुल राइनको नाम मन्त्री बन्ने सम्भावित सूचीमा रहेको बताए।

    मुख्यमन्त्री सिंहले विश्वासको मत लिनुअगावै माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका ६ जना मन्त्रीलाई बर्खास्त गरेका थिए। सत्ता समीकरण बदलिएसँगै कांग्रेस र लोसपा सहभागी हुने तयारी भइरहेको छ।

    मन्त्रालय बाँडफाँट सोमबार टुंगो लगाएर कांग्रेस र लोसपा सरकारमा सहभागी गराउने मुख्यमन्त्री सिंहको तयारी रहेको छ। कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णकुमार यादवले कांग्रेसले चार मन्त्रालय पाउने सहमति भएको बताएका छन्, तर मन्त्रालयको बाँडफाँटमा अन्योल कायमै छ।

    नयाँ गठबन्धन अनुसार प्रदेश सरकारमा कांग्रेस र लोसपा सहभागी हुने छन्। कांग्रेस र एमाले गठबन्धनको निर्णय पहिलो पटक मधेश प्रदेशमै कार्यान्वयनमा आएको छ। सोमबार मन्त्रिपरिषद् पुनर्गठन गरी नयाँ मन्त्रीहरुलाई सपथ गराउने तयारी भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑