वीरगंज | मेथीले वास्तवमै मधुमेहदेखि कोलेस्टोरलसम्म नियन्त्रण गर्छ ?
यस्तो नेपाली भान्सा नहोलान्, जहाँ मेथी छैन । त्यसैले मेथीको स्वादबारे त केही भनिरहनै परेन । जबकि यो औषधीय गुणले भरिपूर्ण मानिन्छ । आयुर्वेद एवं प्राकृतिक चिकित्सामा मेथीलाई अनेक किसिमले प्रयोग गरिन्छ ।
नेशनल लाइब्रेरी अफ मेडिसिनको एक रिपोर्ट अनुसार, मेथी एकदमै पुरानो औषधीय वनस्पती हो र सदियौंदेखि यसलाई विभिन्न प्रयोजनका लागि प्रयोग गरिदै आएको छ ।
प्राचिन इजिप्टमा मेथीको प्रयोग शवलाई सुरक्षित राख्न र धूप बाल्नमा हुन्थ्यो । उपयोग गरिन्थ्यो । आधुनिक इजिप्टमा रोटी बनाउनका लागि गहुँ र मकैको पिठोको पूरकको रुपमा मेथी प्रयोग भइरहेको छ । जबकि यमनमा मूख्य खाद्य पदार्थमध्ये एक हो यो । भारतवर्षमा प्रसव पीडाको दुखाई कम गर्न र सुत्केरी अवस्थामा दूध बढाउन मेथीको प्रयोग गरिदै आएको छ ।
अहिले मेथीलाई तरकारी-अचारमा, मालिसमा, सौन्दर्यमा, सुगन्धमा, औषधि विज्ञानमा उपयोग गरिन्छ ।
के हुन्छ मेथीमा ?
मेथीमा के कस्तो औषधीय गुण हुन्छ ? त्यसले के कस्ता स्वास्थ्य लाभ मिल्छ ? यसबारे थुप्रै खोज अध्ययन भएको छ । न्युट्रेशन एन्ड फुड साइन्सको एक अध्ययनले भन्छ, ‘प्रोटीन, फाइबर, फ्याटी एसिडले युक्त भएकै कारण मेथीमा औषधिय गुण छ ।’ यसका साथै मेथीमा पोटाशियम, क्याल्सियम, म्याग्नेसियम, जिंक, कपर, आइरन जस्ता खनिज तत्व पाइन्छ । बीटा क्यारोटिन र भिटामिन सि मेथीको मुख्य घटक मानिन्छ ।
मेडिकल रिपोर्टका अनुसार मेथीको दानामा एन्टिमाइक्रोबियल, एन्टिइन्फ्लमेटरी, एन्टिभाइरल, एन्टिअक्सिडेन्ट गुणहरु हुन्छन् । यसले शरीरमा एन्जाइमेटिक गतिविधि व्यवस्थित गर्न सघाउँछ । ज्वरो, शरीरको दुखाई कम गर्छ । बोसो नियन्त्रण गर्छ र स्तनपान एवं यौन हर्मोन बढाउँछ ।
यसमा भएको औषधीय गुणले कोलेस्टोरोल, मधुमेह नियन्त्रण गर्नेदेखि कब्जियतको समस्याबाट छुटकारा दिलाउँछ ।
कसरी प्रयोग गर्ने ?
मेथीको दानालाई विभिन्न तरिकाले खान सकिन्छ । तरकारी, अचारमा त यसको स्वाद थपिन्छ नै त्यसबाहेक अलग तरिकाले पनि मेथी खान सकिन्छ । मेथीलाई रातभर भिजाएर त्यसको पानी पिउनु लाभदायक मानिन्छ ।
मेथीको दाना केही दिन भिजाएर अंकुराएपछि सलादको रुपमा पनि खान सकिन्छ । साथै मेथीलाई भुटेर, पिसेर विभिन्न रुपमा सेवन गर्न सकिन्छ ।
मेथीमा भएको घुलनशील फाइबरले पाचनप्रक्रिया बलियो बनाउँछ । मेथीले पाचन रस बढाएर अपच, कब्जियत जस्ता समस्याबाट छुटकारा दिलाउँछ । ग्याष्ट्रिक, अल्सरमा पनि यसको प्रयोग लाभदायक हुन्छ ।
मेथीमा एमिनो एसिड र बिटा क्यारोटिन पाइन्छ, जसले रगतमा भएको खराब कोलेस्टोरल र ट्राइग्लिसराइड (एक प्रकारको बोसो) काम गर्छ । रगतलाई पातलो बनाउँछ र रक्त संचार प्रणालीलाई सहज बनाउँछ ।
मेथीको दाना तेलमा फुराएर मसाज गर्दा मांसपेशी दुख्ने, सुन्निने समस्या निको हुन्छ ।
कसले खान हुँदैन ?
औषधिको रुपमा मेथीको सेवन गरिरहेकाहरुमा कुनै स्वास्थ्य समस्या छ भने सम्बन्धित चिकित्सकको परामर्श लिनुपर्छ । स्वस्थ व्यक्तिले भने नियमित रुपमा सही मात्रामा मेथी खाँदा लाभदायक हुन्छ ।