• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:बुधबार ०८ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अनुहारमा चायापोतो किन आउँछ ?

  • वीरगंज संजाल
  • २२ असार २०८१, शुक्रबार १३:०९
  • ८६५

    वीरगंज | अनुहारमा चायापोतो किन आउँछ ? सफा, चम्किलो र दागरहित छाला कसलाई मन नपर्ला ? तर कहिले छालासम्बन्धी रोग त कहिले हाम्रो आफ्नै लापरवाहीले अनुहारको छालामा समस्या आइरहेको हुन्छ । अनुहार राम्रो हुँदा पनि कतिपय अवस्थामा छालामा दाग, चाया र पोतो आउने समस्याले सताउन सक्छ । यस्तो समस्याले व्यक्तिमा नैराश्यता ल्याउने र आत्मविश्वासमा समेत कमी ल्याउन सक्छ । यदि समयमै छालाको हेरचाह गरे यसको पनि समाधान हुन सक्छ ।

    कारण

    सूर्यको किरण

    अनुहारमा चायापोतो आउनु छालासमबन्धी एक रोग हो । छालालाई रङ दिने मेलानोसाइट कोषिकाहरु बढेपछि अनुहारको रङ गाढा भई चायापोतो बढाउँछ । यसलाई बढाउने मुख्य कारक घामको किरण नै हो । सूर्यको परावैजनी किरणले छालाको विभिन्न समस्या निम्त्याउन सक्छ । बढी मात्रामा घाममा काम गर्ने र बस्ने व्यक्तिमा यस्तो समस्या देखिन सक्छ ।

    वंशाणुगत

    चायापोतो आउनुको अर्को कारण वंशाणुगत पनि हुन सक्छ । यदि परिवारको सदस्यमा चायापोतो आउने समस्या भए सन्तानमा पनि देखिन सक्छ ।

    औषधि

    महिलामा गर्भनिरोधक चक्की पिल्स, छारेरोगको औषधि सेवन गर्ने घामको सम्पर्कमा आइराख्दा यस्तो समस्या देखिन सक्छ ।

    स्वास्थ्य समस्या

    थाइराइड, गर्भावस्था, हार्मोनल परिवर्तन, विभिन्न ग्रन्थिमा ट्युमर हुँदा कोषिकाहरु बढ्न जान्छन् । त्यसकारण पनि चायापोतोको समस्या देखिन्छ । त्यस्तै १० प्रतिशतमा विनाकारण पनि यो समस्या देखिन्छ ।

    कहाँ-कहाँ आउँछ ?

    यो सबैभन्दा बढी अनुहारमा देखिन्छ । प्रायः गालाभन्दा माथि हड्डी भएको भाग, नाक, निधार र चिउँडोमा देखिन्छ । यदि छालाको सतहमा मात्र पोतो भएमा भने हल्का खैरो मात्र हुन्छ । तर छालाको भित्री सतहमा असर गरेको खण्डमा गाढा निलो र कालो देखिन्छ ।

    उपचार

    यसको मुख्य उपचार भनेको नै घामबाट बच्नु हो । किनभने घामको सम्पर्कमा छाला पर्ने बित्तिकै मेलुनोसाइट कोषिकाहरु उत्तेजित हुन थाल्छन । त्यसैले घाममा निस्किंदा वा घाममा काम गर्नुपरेमा सनस्क्रिन लगाउनु अनिवार्य छ । सनस्क्रिन लगाउँदा छालाको प्रकारअनुसार लगाउनुपर्छ । यदि चिल्लो अनुहार भएमा जेल बेस वा लोसनयुक्त लगाउने र सुख्खा छाला भए क्रिम लगाउने गर्नुपर्छ । साथै ३० देखि ५० सम्मको एसपीएफ भएको सनस्क्रिन लगाउनु उपयुक्त हुन्छ ।

    छालाको उपचार कुनै क्रिम लगाएर मात्र हुँदैन, एन्टिअक्सिडेन्ट खानेकुरामा जोड दिनुपर्छ । जसको लागि भिटामिन सी र एयुक्त खानेकुरा दैनिक खानुपर्छ । गाँजर, काँक्रा, पाकेको फर्सी, अमलाको रस खाँदा छालालाई घाम वा विभिन्न कारणले पुर्‍याएको क्षति व्यहोर्न मद्दत पुग्छ ।

    त्यस्तै यसको उपचार छालाको प्रकार अनुसार गरिन्छ । चिकित्सकले छालाको प्रकार हेरेर यसलाई हटाउने मलम दिन सक्छन् । कसैलाई भने मलमले मात्र नभई औषधि पनि आवश्यक पर्न सक्छ ।

    यदि चाया हल्का खैरो भएमा निको हुन र उपचारमा सहज हुन्छ, किनकि यसले छालाको सतहमा मात्रै असर गरेको हुन्छ । तर भित्री सतहमा फैलिएको चायापोतो गाढा हुने हुँदा उपचार पनि कठिन हुन सक्छ ।

    औषधिले मात्र कम नहुने केसमा सर्जिकल उपचार विधि, भिटामिन सीको मात्रा बढाएर गरिने केमिकल पिलबाट पनि उपचार गरिन्छ । अहिले चलेको तर अन्य उपचारको दाँजोमा खर्चालु लेजर प्रविधिबाट पनि यसको उपचार सम्भव छ ।

    ध्यान दिनुपर्ने कुरा

    अनुहारमा चायापोतो आउने समस्या समाधानका लागि छालासम्बन्धी चिकित्सकको परामर्श लिनुपर्छ । कुन औषधि कति मात्रामा दिंदा राम्रो हुन्छ भन्ने कुरा छालाको प्रकृति हेरेर तय गरिने हुँदा जथाभावी औषधि आफैं लगाउनु हुँदैन ।

    जथाभावी केमिकल भएको औषधिले छालालाई झनै बिगार्न सक्छ । फलस्वरूप छाला पातलो हुँदै जाने, शरीरभर डन्डीफोर आउने, छाला रातो हुनेदेखि रक्तनलीलाई असर गर्नेसम्म जोखिम हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑