• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बिहारमा दश दिनभित्र पाँच वटा पुल भत्किए

  • वीरगंज संजाल
  • १८ असार २०८१, सोमबार ११:३३
  • ६६५

    भारतको बिहारमा दश दिनभित्र पाँचवटा पुल भत्किएका छन्। राज्यको अररिया, सिवान, पूर्वी चम्पारण, किशनगञ्ज र मधुबनी जिल्लामा पुलहरू भत्किए पछि यसको चर्चा सबै तिर भइरहेको छ।

    भत्किएका पाँच पिल मध्ये तीमध्ये तीन वटा निर्माणाधीन र दुई वटा निर्माण भइसकेका रहेको मिडिया रिपोर्टमा उल्लेख छ। ग्रामीण निर्माण विभागका पुल कन्सल्टेन्ट इन्जिनियर बीके सिंहले अररियाको बक्रा खोलामा भत्किएको पुलबाहेक बाँकी सबै ‘दुर्घटना’ भएको दाबी गरेको रिपोर्टमा उल्लेख छ।

    राज्यमा पहिलो पटक १८ जुनमा, अररिया जिल्लाको सिक्टी ब्लकमा पुल भत्किएको थियो । यो पुल अररिया, सिक्टी र कुर्साकान्तका दुई ब्लक जोड्न निर्माण भइरहेको थियो। जुन १८ को दिउँसो २ बजे सिक्टीको पण्डरिया घाट नजिक बनेको यो पुलका दुई पिलर पूर्णरुपमा भत्किएको थियो भने छ वटा पिलरमा क्षति भएको थियो।

    वर्षाका कारण बक्रा नदीको पानीको बहाव बढेपछि पुलको चाप सहन नसकेर उद्घाटनअघि नै भत्किएको थियो । त्यसपछि जुन २२ मा बिहारको सिवानको गण्डक नहरमा बनेको कल्भर्ट भत्कियो। महाराजगञ्ज र दारुण्डा ब्लक जोड्ने यो कल्भर्ट ३४ वर्ष पुरानो थियो। स्थानीय बासिन्दाले बताए अनुसार यो पुलले पाटेधा र रामगढ नामक दुई पञ्चायतलाई जोड्ने गर्दथ्यो। यो २० फिट लामो थियो। गण्डक नहरमा पानी आएपछि ओभरफ्लो भएर तल खसेको थियो।

    जुन २२ गते राति पूर्वी चम्पारणको घोरासहन ब्लकको अमवामा निर्माणाधीन पुल भत्किएको थियो । १ करोड ६० लाखको लागतमा निर्माण भएको यो पुल अमवादेखि चैनपुर स्टेशन जाने सडकमा निर्माण हुन लागेको थियो। घोडा सहनपछि जुन २६ मा किशनगञ्ज जिल्लाको मारिया नदीमा बनेको १३ वर्ष पुरानो पुल भत्किएको थियो । अविरल वर्षाका कारण जिल्लाको बहादुरगञ्ज ब्लकको गुबाडी पञ्चायत नजिकको यो पुल भत्किएको हो । यो पुल भत्किँदा करिब १५ गाउँको जनसंख्या प्रभावित भएको छ।

    किशनगञ्जमा पुल भत्किएपछि गत जुन २८ मा मधुबनीको झाँझरपुर उप–डिभिजनको मधेपुर ब्लकस्थित भुटही बलान खोलामा निर्माणाधीन पुलको गर्डर खसेको थियो । २ करोड ९८ लाखको लागतमा निर्माण भएको यो पुलले मधेपुर ब्लकको भेजाकोसी बाँधबाट महापथिया जाने सडक जोड्ने छ। चाखलाग्दो कुरा के छ भने, यो पुल निर्माण कार्य वर्षामा भएको थियो।

    बिहारमा पुल भत्किने घटना यो पहिलो पटक होइन। तर दश दिनभित्र पाँचवटा पुल भत्किएको यो पहिलो पटक हो। बिहार विधानसभामा विपक्षी दलका नेता तेजस्वी यादवले सरकारको आलोचना गर्दै भनेका छन्, ‘आजको नेतृत्वमा रहेको ६ दलको डबल इन्जिन एनडीए सरकारमा पुल भत्किँदा जनताको करोडौंको नोक्सान भइरहेको छ।

    प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री नितिश कुमारको नेतृत्वले यसलाई ‘भ्रष्टाचार’को सट्टा ‘शालीनता’ भनेका छन् । बिहारमा पुल भत्किने विषयलाई लिएर चर्को राजनीतिको एउटा प्रमुख कारण राज्यमा यस्ता घटना लगातार भइरहेका छन्। बिहारमा विगत चार वर्षमा यस्ता करिब १० वटा पुल भत्किएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑