वीरगंज । प्रसिद्ध फुटबल खेलाडी साडीओ माने, जो सेनेगल (पश्चिम अफ्रिका)का हुन्, अहिले एक हप्तामा भारतीय रुपियाँ १ करोड ४० लाख कमाउँछन्। तर, उनलाई धेरै ठाउँमा टुटेको मोबाइल फोनसहित देखिएको छ।
एक अन्तर्वार्तामा जब यसबारे सोधियो, उनले भने, “म यसलाई मर्मत गराउँछु।” नयाँ किन नकिनेको बारेमा प्रश्न गर्दा, उनले भने, “म हजारौं किन्न सक्छु, १० वटा फेरारी, २ वटा जेट प्लेन, हिराको घडी किन्न सक्छु, तर मलाई यी सबैको आवश्यकता किन?”
साडीओ मानेले आफ्नो जीवनको कठिनाईका दिन सम्झिँदै भने, “मैले गरिबी देखेँ, त्यसैले सिक्न सकिनँ, मैले विद्यालयहरू बनाएको छु ताकि मान्छेहरूले सिक्न सकून्। मेरो खुट्टामा जुत्ता थिएन, म बिना जुत्ता खेल्थें, मसँग राम्रो लुगा थिएन, मसँग खान पनि थिएन। आज मसँग धेरै छ, म यो सबै देखाउनको सट्टा मेरो जनतालाई बाँड्न चाहन्छु।”
उनको यस सादगी र मानवताको सन्देशले साडीओ मानेलाई खेल मैदानमा मात्र होइन, मानवताका क्षेत्रमा पनि एक उदाहरणीय व्यक्तित्व बनाएको छ।