वीरगञ्ज । नेपाली कांग्रेस पर्साका पूर्व सभापति र संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्यले २२ दिने युरोप भ्रमण सफलतापूर्वक सम्पन्न गर्नुभएको छ।
यस पारिवारिक भ्रमणका क्रममा उहाँले फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, स्विट्जरल्यान्ड, लिक्टेन्स्टाइन, अस्ट्रिया, र हंगेरी लगायतका नौ देशहरूको यात्रा गर्नुभएको थियो।
अमात्यले यस भ्रमणलाई सफल बनाउन सहयोग पुर्याउने सबै ईष्टमित्रहरूलाई धन्यवाद व्यक्त गर्नुभएको छ। विशेष गरी उदिशा हाडा, सपिला राजभण्डारी र उनका साथीहरू, शशी, रवीन्द्र, रजनी, सीता, नसरीन र परिवार, र अमिरलाई उहाँले विशेष धन्यवाद दिनुभएको छ।
साथै, आफ्नै समूहका सरोज श्रेष्ठ, मेनकाजी श्रेष्ठ, रीता अमात्य हाडा, उदय प्रकाश हाडा र श्रीमती मधुमती अमात्य प्रति पनि कृतज्ञता व्यक्त गर्नुभएको छ। राजेन्द्र बहादुर अमात्यको यो सफल यात्रा विभिन्न देशहरूका संस्कृति र परम्पराहरूलाई नजिकबाट बुझ्न महत्वपूर्ण रहेको अमात्यले व्यक्त गर्नुभएको छ।