वीरगञ्ज । लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस पर्सामा पनि विविध कार्यक्रम गरि मनाइएको छ ।
विशेष गरेर बढ्दो लागु औषध दुरुपयोग ओसार पसारलाई रोकथाम र नियन्त्रणमा जनचेतना फैलाई स्वस्थ्य जीवन जीउने वातावरण श्रृजनाका लागि हरेक वर्षको जून २६ तारिकका दिन यो दिवस मनाउने गरिन्छ ।
३७ औं अन्तराष्ट्रिय लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवशको अवसरमा बारा पर्सामा जनचेतना मुलक ¥यालीको आयोजना गरी मनाईएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा आज वीरगञ्जमा बिभिन्न संघ संस्थाहरुले घण्टाघरबाट “लागु औषध दुरुपयोग विरुद्ध लडौं रोकथाममा जोड दिऔं” भन्ने मुल नाराकासाथ बिभिन्न जनचेतना मुलक नारा लेखिइको प्लेकाड सहितको -याली नगरपरिक्रमा गरी घण्टाघरमा पुगी समापन गरीएको थियो ।
कार्यक्रम लाई समापन गर्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक निता थापले नेपालमा लागुऔषध दुरुपयोग रोक्नका लागी नेपाल सरकार वा स्थानिय सरकारले मात्र पहल गरेर प्रभावकारी न हुने यसको लागी समुदाय स्तरमा नै रोक्नु पर्ने आवशक्ता देखिएको र यस कार्यमा देशका हरेक सचेत नागरीकले सहयोग गरे मात्र पुर्णरुपमा रोक्न सकने बताईन ।
कार्याक्रममाा मुख्य सहयोगीको रुपमा रहेको रिकभरीङ्ग नेपाल मधेस प्रदेशको साथै नेपाल प्रहरी, सामुदायिक प्रहरी नागरीक समाज लगायतको उपीतिथि रहेको थियो ।